Sansar News- Nepal's Fast Khabar Online news portal

लोकसेवा विधेयक पारित हुँदै

संसार न्यूज़
२ हप्ता पहिले

२३ भदौ, काठमाडौँ । प्रदेशसभाको वर्षे अधिवेशन बैठक सोमबार पुनः सुरु हुँदै छ । भदौ १२ मा स्थगित बैठक ११ दिनपछि बस्न लागेको हो ।

यो बैठकले लामो कसरतपछि प्रदेशसभामा पेस प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ठुंगो लगाउँदैछ । साथै प्रदेशसभाको यस बैठकले सार्वजनिक, निजी, सहकारी, साझेदारी विधेयक तथा प्रदेश समिति र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालबीच विवादमा रहेको प्रदेशभित्र औद्यौगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विद्येयक टुंगो लगाउने तयारी गरेको छ ।

आइतबार प्रदेश मामिला समितिले विधेयकले दफाबार छलफल सकेको छ । विधेयकमाथि दफाबार छलफलसँगै आठजना प्रदेशसभा सदस्यले दर्ता गराएका २२ वटा संशोधनमाथिको छलफलसमेत टुंगिएको छ ।

प्रदेश सरकारले भदौ ८ को प्रदेशसभा बैठकमा दर्ता गराएको विधेयकमाथि प्रदेश मामिला समितिले संघीय राजधानी काठमाडौँमा प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेस प्रदेशसभा सदस्यहरुको प्रत्यक्ष उपस्थितिमा लोकसेवा आयोगका पूर्वअध्यक्षहरु तथा कानुनविद्हरुसँग परामर्श गरिसकेको प्रदेश मामिला समितिका सदस्य राजेन्द्रमान श्रेष्ठले जनाए । सोमबारको कान्तिपुर दैनिकबाट

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…