Sansar News- Nepal's Fast Khabar Online news portal

बिरुवा सङ्क्रमित

संसार न्यूज़
२ हप्ता पहिले
बिरुवा सङ्क्रमित

२३ भदौ, पर्सा । अगहनी धानको बिरुवामा लागेको ‘सिथब्लाइट’ रोगका कारण धानको बिरुवा सड्न र सुक्न थालेपछि किसान चिन्तित भएका छन् । जिल्लामा लगाइएका अगहनी धानको ८० प्रतिशत बिरुवामा उक्त रोग लागेकाले उनीहरू चिन्तित भएका हुन् ।

जिल्लामा लगाइएको ३५ हजार हेक्टर उक्त जातको धानमध्ये २८ हजार हेक्टर खेतमा सिथब्लाइट रोगको सङ्क्रमण देखापरेको छ । यो रोग लागेपछि बिरुवामा औषधिकोे प्रयोग नगरे पूरै बिरुवा नै सडने वा सुकेर जान्छ ।

उक्त रोगका कारण आफूहरूको थप लगानी बढ्नाका साथै उत्पादनमा समेत ठूलो असर पारेको पोखरिया नगरपालिकाको गर्दौल निवासी देवराज पासवानले गुनासो गरे । उनले उक्त जातको धान बालीबाट आम्दानी कम हुने गरेकामा औषधि हाल्दा प्रति विघा दुईदेखि अढाई हजारको अतिरिक्त खर्च बढने जानकारी दिए ।

बहोदरमाई नगरपालिका–८ रामनगरीका किसान नन्दु रामले अनुदानको माल नपाउँदा र खर्च गरेरै सिंचाई गर्नुपर्दा पहिलादेखि लगानी बढेकामा उक्त रोग लागेपछि आफूहरू थप पीडित भएकोे बताए ।

सीमावर्ती भारतीय क्षेत्रबाट किसानले खरीद गरी ल्याएको एम.टी.यु ७०२९ अर्थात् सोना मन्सुली धानको बीउसँगै यो रोग नेपाल भित्रिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पहिलो पटक यो रोग सन् १९६८ मा नेपालमा देखापरेको उनको भनाइ थियो ।

सो रोग लागेको बिरुवामा ‘हेकजाकोनाजोल’ नामक विषादी प्रयोग गरे उत्पादन जोगाउन सकिने उक्त केन्द्रका बाली अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए । उनले एक लिटर पानीमा एकदेखि डेढ एमएल हेकजाकोनाजोल मिसाई घाम लागेको बेला हप्तामा दुई पटक खेतामा छर्दा रोग नियन्त्रणमा आउने बताए ।

सिथब्लाइट रोगको सबैभन्दा बढी सङ्क्रमण सोना मन्सुलीमै हुने भएकाले त्यसको सट्टा नेपालमा नै उत्पादन भएको स्रोनासव–१ बीउ प्रयोग गर्न उक्त केन्द्रले आग्रह गरेको थियो। सिथब्लाइटको जीवाणु २४० दिनसम्म खेतको माटोमा जीवित रहन सक्ने भएकाले धानको जात परिवर्तन गरे रोगको प्रकोपबाट जोगिन सकिने अधिकृत चौरसियाले जानकारी दिए ।

सिमापारिबाट खरीद गरिएको बीउ रोप्दा जोखिमी हुनसक्ने भएकाले नेपालमा नै तयार पारिएको बीउलाई प्रयोग गर्न उक्त केन्द्रका अधिकारीले सुझाब दिए । गत वर्ष जिल्लामा ४५ हजार हेक्टर जमीनमा रोपाइँ भएकामा यस वर्ष ४७ हजार ५० हेक्टरमा रोपाइँ भएको छ । (रासस)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…