Sansar News- Nepal's Fast Khabar Online news portal

चौथो टेस्टमा अष्ट्रेलिया विजयी

संसार न्यूज़
२ हप्ता पहिले
चौथो टेस्टमा अष्ट्रेलिया विजयी


२३ भाद्र, काठमाडौँ । इंग्लान्ड र अष्ट्रेलिया बिचको चौथो टेस्टमा पहिले टस जित्दै अष्ट्रेलिया ले ब्याटिङ्ग रोजेको थियो ।

पहिले ब्याटिङ् गरेको अष्ट्रेलिया ले राम्रो सुरुवात गर्न सकेन । डेविड् वार्नर ० रनमै स्टुअर्ट ब्राँडको सिकार हुन पुगेका थिए । त्यसपछि अष्ट्रेलियाले आफ्नो दोस्रो विकेट २८ रनमा गुमाउन पुग्यो । त्यसपछि ब्याटिङ्ग गर्न आएका स्टीवन स्मिथले फेरि पनि सानदार इंनिग खेले । उनले यो श्रृंखलाको दोहोरो सतक बनाउने पहिलो खेलाडी पनि बनेका छन् । उनले ३१९ बल खेल्दै २११ रन बनाउन सफल भए । स्टिवन स्मिथको दोहोरो सतकको मद्दतले अष्ट्रेलियाले ४९७ रनमा आफ्नो पहिलो पारीको घोषणा ग¥यो ।

इंल्यान्डका लागि भने बलिङ्गमा सबै भन्दा सफल स्टुअर्ट ब्राँड बने । उनले ३ विकेट लिन सफल भए । इंल्याण्डले पनि आफ्नो पहिलो इंनिगको सुरुवात राम्रो गर्न सकेन । इंल्यान्डले २५ रनले आफ्नो २ विकेट गुमाएको थियो । त्यसपछि इंल्यान्डको पारि रोरी बन्र्स र जो रुटले समाले ।
रोरी बन्र्स ८१ रनमा आउट हुन पुगे भने जो रुट ७१ रनमा आउट भए । इंल्यान्डले आफ्नो पहिलो पारिमा ३०१ रनमा अल आउट भयो ।

अष्ट्रेलियाले आफ्नो दोस्रो परिमा पनि राम्रो सुरुवात गर्न सकेन । अष्ट्रेलियाले ४४ रनमा ४ विकेट गुमाएको थियो । त्यसपछि स्टीवन स्मिथले फेरि पनि अष्ट्रेलियाको ब्याटिङ्लाई समालेका थिए । उनि ८२ रन बनाएर आउट हुन पुगे । अष्ट्रेलियाले आफ्नो पारि १८६ रनमा घोषणा गर्दै इंल्यान्डलाई जितको लागि ३८३ रनको लक्ष्य थीयो ।

अष्ट्रेलियाले दिएको लक्ष्य पछ्याउने क्रममा इंल्यान्ड १९७ रनमा अल आउट भयो । अष्ट्रेलियाले १८५ रनको जित सँगै ब्कजभक पनि च्भतबष्ल गरेको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…