Sansar News- Nepal's Fast Khabar Online news portal

नेताको काम कसले गर्ने त यसो हुँदा ?

भिम उपाध्याय
२ हप्ता पहिले
नेताको काम कसले गर्ने त यसो हुँदा ?

नेपालमा मन्त्रीहरू पसल बन्द गर्न, सिल लगाउन, विजुली वा टेलिफोनको लाईन काट्न किन आफै हौसिन्छन् ? के मन्त्री यस्तै तोरिलाउरे काममा अल्झिरहन हो ? अनि मन्त्रीको काम के सचिव, सहसचिव वा उपसचिवले गरिदिने हो ? मन्त्रीको काम छापा मार्दै हिड्ने हैन, त्यो सम्बन्धित विभागका प्रमूखले गर्ने हो । तिनीहरूले काम गरे नगरेको अनुगमन मुल्यांकन रिपोर्टिंग लिने हो ।

सरकार कसरी चलाउने भन्ने बारेमा अधिकांस आलाकाँचा मन्त्रीहरू गवाँर हुन्छन् र तिनलाई सचिव र डिजीले आँट गरेर सिकाईरहनु पर्ने हुन्छ । तर अधिकांश मन्त्रीहरू मै सर्वेसर्वा हुँ भन्ने भ्रममा पर्ने गर्छन् र जथाभावी गर्न हौसिने हुनाले किन छुच्चो बन्ने भनेर मातहतका कर्मचारी मौन बसिदिन्छन् र मन्रीहरू हाँसोका पात्र हुने गर्छन् । मन्त्रीहरूले मन्त्रालयको भिजन, दृष्टि, समस्या नबुझी बाहिरका उरन्ठेउला हितैषीको सल्लाह लागू गरेर आफूमात्र हैन मन्त्रालय र सरकारकै बेहाल बनाउने गर्छन् । यसमा त्यहाँका साहसी कर्मचारीले जति छुच्चो बन्न परे पनि बनेर देशहितका लागि मन्त्रीहरूलाई ट्र्याकमा राख्नै पर्छ । अहिले कर्मचारीले गर्न सक्ने ठूलो योगदान यस्तै हुन सक्छ भन्ने मेरो ठम्याइँ छ ।

अमेरिकामा कुनै मान्छेले जिन्दगीभरि कमाएको धन उसको मृत्युपछि ८० प्रतिशत सरकारको हुन्छ भन्ने इन्हेरिटेन्ट कानुन (अपुताली) कानुन छ । यसकारण त्यहाँका मान्छेहरु कमाउछन् र मजाले खर्च गरेर जीवनको सुख भोग्छन् । मरेपछि उसको सन्तानले २० प्रतिशत भन्दा बढी अपुताली इन्हेरिटेन्स पाउदैनन् । त्यसैले धनि मानिसहरु फाउन्डेशन खोल्छन्, च्यारिटी दिन्छन्, त्यसमा दिएको रकम करमुक्त हुन्छ । मरेपछि सरकारमा जानुभन्दा आफ्नो नाममा खुलेको फाउन्डेशनले जनसेवा गरिरहोस् र नाम पनि रहिरहोस् भन्ने परम्परा छ । यी फाउन्डेशनहरु तिनकै सन्तान आफन्त वा नजिकका मान्छेहरूले नै संचालन गर्छन् र त्यस वापत लिन पाउने पारिश्रमिक पनि लिन्छन् ।

ईमानदार र क्रेडिबिलीटी भएको नेता भएमात्र जनताले पत्याउछन् । चुनावमा जित– हार, बहुमत–अल्पमत, सरकार बनाउने नबनाउने कुरा भनेको राजनीतिमा कुर्सिमा पुग्ने सामान्य तपसीलको खेल मात्र हो । तपसीलले मुलुकको दशा र दिशामा खासै फरक पार्दैन । संस्थागत प्रवन्ध लथालिंग भएको मुलुकमा राजनीतिमा क्रेडिबिलिटी भएको करिष्म्याटिक नेताबिना मुलुक रूपान्तरण हुदैन, भलै बहुमत वा दुईतिहाई वा तीनचौथाई वा सबै नै सांसदको सीट कुनै दलले जितेकै किन नहोस् ।

नेपालमा चुनाव सदाकाल हर्सोल्लास र धुमधामसंग शान्तिपूर्ण ढंगमा जात्राझैं सम्पन्न हुदै आएको छ । देश बनाउछु भन्नेले जनतालाई देश बनाउने अभियानमा चुनावताका देखिए जस्तो रौनक र सक्रियता कायम राख्न सक्छ कि सक्दैन, त्यसले निर्धारण गर्ने गर्छ । हैनभने जति प्राविधिक रूपले बलियो देखिएको सरकार भएपनि अनावश्यक घर्षण भएर शासन व्यवस्थामा कर्कश आवाज मात्र निस्कने हुन्छ । फोक्से मासु भएको निर्धो शरीरजस्तै हुन्छ ।

उपाध्या नेपाल सरकारका पूर्वसचिव हुन्

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…