Sansar News- Nepal's Fast Khabar Online news portal

आत्मकेन्द्रीत व्यक्तिवाद परास्त गर्न प्रचण्डको जोड

फर्शुराम भुर्तेल
६ दिन पहिले
आत्मकेन्द्रीत व्यक्तिवाद परास्त गर्न प्रचण्डको जोड

२३ भदौ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आत्मकेन्द्रीत व्यक्तिवादलाई परास्त गर्न नसकेसम्म शहिदहरुको सपना पूरा नहुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुमबाराहीमा आयोजित २१ औं स्मृतिसभामा प्रमुख वक्ता समेत रहेका प्रचण्डले जनतालाई परिवर्तनको अनुभुति गराउन र शहिदहरुको सपना साकार पार्न विद्यमान कमजोरीहरु हटाउनैपर्नेमा जोड दिएका छन् । इतिहासलाई केलाएर र कमजोरी स्विकारेर समाजबादमैत्री चरीत्र बनाउन पूरै पार्टी पंक्ति परिचालित हुनुपर्नेमा उनले जोड दिए ।

तत्कालिन माओवादी जनयूद्धमा सबैभन्दा बढी उच्च तहबाट शहादत दिने सुरेश वाग्ले (वासु) मा भएको पारदर्शी चरित्र, निष्ठा र बैज्ञानिक विचारको स्मरण गर्दै प्रचण्डले प्राप्त उपलब्धिमाथिको प्रहारलाई डटेर प्रतिरोध गर्नुपर्ने बताएका छन् । जनताको सेवामा समर्पित भएर हृदयदेखि लागेमा प्रेतात्माहरुले पनि विथोल्न नसक्ने बताउँदै सिंहका अगाडि स्याल मिसिदैमा स्याल सिंह बन्न नसक्ने चेतावनी समेत उनले दिए । गोर्खा सिरानचौक तालिम देखि गणतन्त्रसम्म आउँदा शुरेस वाग्लेको स्मरण भइरहने बताउँदै प्रचण्डले शहिदहरुका सपना र गाथामा आधारीत समाजवादको नयाँ मोडेल बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रमका अर्का वक्ता नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिक्रियावादका विरुद्ध भिन्न मोर्चाबाट लडेपनि शुरेस वाग्ले र भीमसेन पोखरेल लगायतका शहिदहरुको योगदानका कारण बर्तमान उपलब्धि हासील भएको बताउँदै राजतन्त्र विरुद्धको पछिल्लो जनक्रान्तिको परिणाम जनतासमक्ष पुर्याउनुपर्नेमा जोड दिए ।


कार्यक्रमका अर्कावक्ता सो पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले क्रान्ति निष्ठा, बैचारिक पकड्ता, समपर्ण, सरलता र स्वच्छता तथा जनघनिष्ठता लगायतका ५ मुलुभत विशेषताले शुरेस वाग्ले बनाएको टिप्पणी गर्दै प्राप्त उपलब्धिको दृढतापूर्वक कार्यान्वयनमा अघि बढनुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु अग्नि सापकोटा, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, मणि थापा, माृतका यादव लगायतको उपस्थितिमा भएको सो कार्यक्रमका अध्यक्ष तथा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल (प्रशान्त) ले वाग्लेसँगको राजनैतिक घटनाक्रमहरु बताएका थिए भने कार्यक्रम संचालक समेत रहेका उपत्यका विशेष व्युरो सचिव लेखनाथ न्यौपानेले वासुका मुख्य योगदानहरु प्रचण्ड समक्ष स्मरण गराएका थिए ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…