Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए केन्याको अध्यक्षमा सुरज डुम्रे

संसार न्यूज़
४ महिना पहिले
एनआरएनए केन्याको अध्यक्षमा  सुरज डुम्रे

२३ भदौं, नैरोबि, केन्या । केन्याको राजधानी नैरोबीमा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्( एनआरएनए) केन्याको को चौथो राष्ट्रिय महाधिबेशनले अध्यक्षमा सुरज डुम्रेलाई निर्वाचित गरेको छ ।

डुम्रेको अध्यक्षतामा गठन गरिएको उक्त १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा शिबलाल अधिकारी, महासचिवमा टिका धिताल, सचिबमा श्रीमती लक्ष्मी बुलुन, कोशाध्यक्षमा यज्ञमणी (भरत ) रेग्मी, महिला संयोजक श्रीमती कुमारी जि.सी, युवा संयोजकमा कमल राज अधिकारी तथा सदस्यहरुमा सिताराम घिमिरे, ईन्जिनियर बरुण शुवाल, ईन्जिनियर मनोज बस्नेत, रवी जैन, श्रीमती भगवती तमाङ, प्रभाकर भण्डारी, गणेश कामी र लक्ष्मण गैर चयन भएका छन् ।
त्यसैगरी परिषद्को संरक्षकमा ईन्जिनियर कुल बहादुर कार्की, ईन्जिनियर नारायण भट्टराई र ईन्जिनियर उदय हाडालाई नियुक्त गरिएको छ भने समितिको सल्लाहकार समितीमा कृष्ण दत्त भट्ट, खेम पौडेल, धनेद्र बस्नेत र कृष्ण गैरेलाई नियुक्त गरिएको छ ।

नारायण भट्टराई मुख्य निर्वाचन अधिकृत रहेको उक्त निर्वाचनमा ई. उदय प्रकाश हाडा र यादव काफ्लेको बिशेष भूमिका रहेको थियो ।

निर्वाचन सम्पन्न भएको घोषणापछि निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनुका सार्थ प्रमुख अतिथीबाट प्रमाणपत्र बितरण गरिएको थियो ।

केन्द्रिय परीवेक्षक कुल बहादुर कार्कीले गैरआवासिय नेपाली संघको केन्द्रिय समितीलाई नयाँ एनआरएनए केन्याको कार्यसमिती गठन भएको जानकारी गराएका छन् ।

सोहि अवसरमा नवनिर्वाचित अध्यक्ष अध्यक्ष सुरज डुम्रेले केन्यामा रहेका सम्पूर्ण नेपालीहरुलाई समेटेर लैजाने बताउँदै गैरआवसिय नेपाली संघ केन्याका भाबी कार्यक्रम तथा योजनाको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमको समापनका क्रममा निवर्तमान अध्यक्ष कृष्णदत्त भट्टले नयाँ कार्यसमितीलाइ बधाई दिँदै आगामी कार्यकाल सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए । उनले निवर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए । अन्तरराष्ट्रिय समिती सदस्य यादव काफ्लेले निर्वाचन समितीका सदस्यहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

सोहि अवसरमा नवनिर्वाचित अध्यक्ष अध्यक्ष सुरज डुम्रेले केन्यामा रहेका सम्पूर्ण नेपालीहरुलाई समेटेर लैजाने बताउँदै गैरआवसिय नेपाली संघ केन्याका भाबी कार्यक्रम तथा योजनाको बारेमा प्रकाश पारेका थिए ।

केन्याको बिभिन्न शहरमा रहेका नेपालीहरु, नेपालबाट अन्तरराष्ट्रिय संघ सस्थाहरुमा काम गर्नुहुने बिशिष्ट महानभाबहरुको सहभागितामा २०११ मा गैरआवासिय नेपाली संघ केन्याको स्थापना भएको थियो । हाल केन्यामा झण्डै भाग ५०० नेपाली कार्यरत रहेका छन ।
पुर्बी अफ्रिकी क्षेत्रका देशहरु आर्थिक र भू–बनोटको हिसाबले हेर्ने हो भने केन्याको नैरोबी केन्द्र बिन्दुमा रहेको कारणले पनि केन्यामा अन्य देशको तुलनामा नेपालीहरुको बाक्लो उपस्थििति रहेको छ ।

सर्बाधिक पढिएको

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ?

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ? ४ हप्ता पहिले | संसार न्यूज़

९ पुस, काठमाडौँ । बिहीबार बिहान करिब पौने ३ घण्टा…

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ३ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू ४ हप्ता पहिले | संसार न्यूज़

१. पृष्ठभूमि व्यवस्थापनलाई उपयुक्त तवरले मिलाइएको चाँजोपाँजो वा राम्रो तवरले…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…