back

खुशीका साथ बाँच्न चाहनुहुन्छ ? त्यसो भए यसो गर्नुस्

वि.सं.२०७६ भदौ २३ सोमवार

153 

shares
NTC AD
Global IME AD

२३ भदौ, काठमाडौँ । खुशी भनेको जीवित जीवनको चरम आनन्द , प्रफुल्लित क्षण, अनुहारमा क्रान्ति र मनमा शान्तिसहितको क्षण नै खुशी हो ।अहिलेको संसारमा प्राय मानिस खुशीसाथ बाच्न सकिराखेका छैनन् । खुशीका साथ बाच्ने चाहना त सबैको हुन्छ तर पनि चाहँदा चाहँदै पनि हामी सधै खुशी भएर बाँच्न सक्दैनौं । खुशी कसरी हुने त ?

मुस्कान : मुस्कानले मानिसलाई खुशी बनाउँछ । मुस्कानले सधै सकारात्मक चिन्तनका साथ अघि बढ्न पनि प्ररित गदर्छ । विभिन्न अध्ययनअनुसार मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ । मुस्कानले केही मात्रामा भए पनि हाम्रो पीडा कम गराउँछ । मनोविद्हरुका अनुसार पनि जब आनन्द महसुस हुन्छ खुशी प्राप्त हुन्छ ।

धन्यवाद भन्ने गरौं र आफूले पनि महसुस गरौंः आफ्नो कार्यक्षेत्रमा प्रत्येक दिन एक जनालाई धन्यवाद व्यक्त गरौं यसले गर्दा हाम्रो मस्तिष्कलाई सकारात्मक बनाउँदै लैजान्छ । यसले गर्दा पनि हामीमा खुशी प्राप्त हुन्छ । र आफूले पनि धन्यवादको महसुस गर्ने गरौं।

आफैलाई साथी बनाउने: यदि हामीले आफले आफैंलाई साथी जस्तै बनाउन सक्यौ भन लुकेका खुशीहरु स्वतः बाहिर आउँछन् । हामी जसरी आफ्ना साथीको गल्तीलाई माफ गर्दिन्छौं उसप्रती सहृदयी हुन्छौं त्यसैगरी हामी आफ्नो लागि पनि सहृदयी र उदार बन्न सक्छौ यसले गर्दा हामीलाई जस्तो बेलामा पनि एक्लोपन महसुस हुँदैन । जसले हामीलाई खुशी राख्दछ ।

अरुलाई सहयोग गर्ने : अरुलाई सहयोग गर्दा पनि खुशीप्राप्त हून्छ । तपाईको सानो सहयोगले अरु कसैको ठूलो काम बन्न सक्छ र अर्काे व्यक्ति खुशी हुन्छ हो त्यही खुशीमा पनि तपाईलाई आनन्द प्राप्त हुन्छ त्यसैले पनि तपाईले आफ्नो ठाउँबाट अरुलाई सक्दो सहयोग गर्ने बानी बसाल्नुस् ।

अरुलाई बदल्ने कोसिस नगर्नहोस् : यो आवश्यकता छैन कि सबै मानिस तपाई जस्तै हुन् । जीवनमा विभिन्न मानिसहरुसँग भेट हुन सक्छ जसको व्यवहार तपाईसँग मिल्दैन वा तपाईलाई उसले नराम्रो व्यवहार गर्छ त्यसलाई पनि सकारात्मक रुपमा लिने गर्नुस् । उनीहरुलाई त्यस्तै रहन दिनुस् । बदल्छु भन्ने विचार मनमा नल्याउनुस् । सकारात्मक सोचमा पनि खुशी प्राप्त हुन्छ ।

वि.सं.२०७६ भदौ २३ सोमवार १५:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...