Sansar News- Nepal's Fast Khabar Online news portal

क्यान महासंघ स्याङ्जाको अध्यक्षमा अर्याल

संसार न्यूज़
२ हप्ता पहिले
क्यान महासंघ स्याङ्जाको अध्यक्षमा अर्याल

२३ भाद्र । कम्प्युटर एसोसिएसन महासंघ (क्यान)स्याङ्जाको अध्यक्षमा बालिङ टेलिभिजनका प्रबन्धक निर्देशक मणिप्रसाद अर्याल चयन भएका छन् ।

कम्प्युटर एसोसिएसन महासंघ स्याङ्जाको नवौँ साधारण सभा तथा पाचौँ अधिवेशनले अर्याललाई अध्यक्षमा चयन गरेको हो । अर्याल महासंघको निर्वतमान उपाध्यक्ष समेत रहेका थिए । अर्यालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमित गठन गएिको छ ।

महासंघको उपाध्यक्षमा उमेश गुरुङ, सचिवमा पदमप्रसाद पराजुलि र कोषाध्यक्षमा देवेन्द्र थापा चयन भएका छन् । त्यस्तै संस्थाको सदस्यहरुमा धुव्रप्रसाद सुवेदी, दिपक पौडेल, विरबहादुर क्षेत्री, गोविन्द गैहे र राजु गैरे रहेका छन् ।

कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाणले नवगठित कार्यसमितिलाई बधाई दिदै नयाँ कार्यसमितिले नगरपालिकाले सुरुवात गरेको आईसिटी क्षेत्रमा महत्वपूर्ण योगदान पुराउन सहयोग गर्ने अपेक्षा रहेको बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि क्यान महासंघका केन्द्रीय सचिव तथा क्यान कास्कीका संस्थापक अध्यक्ष जगन गुरुङ, केन्द्रीय सदस्य असोक बाबुराना, गण्डकी प्रदेश सदस्य चिन्तामणि बास्तोला र क्यान कास्किका पुर्व अध्यक्ष चण्डि अर्यालले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सोही अवसरमा अध्यक्ष अर्यालले क्यान स्याङ्जाले आईटी क्षेत्रमा स्याङ्जालाई प्राविधिक मैत्रि बनाउन पूर्ण रुपमा सहयोग गर्ने बताए ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…