back

केही भ्रमहरू !

वि.सं.२०७६ भदौ २३ सोमवार

129 

shares
NTC AD
Global IME AD

केही भ्रमहरू छन्
आफ्नै बारेका
जुन संसारलाई भन्नु छ
पालेर मनभरि भ्रमहरू
किन बसुन विचरा मानिसहरू ?

जस्तो कि –
मान्छेहरू मलाई शाहसी ठान्छन्
यही नै एउटा दुखद भ्रम हो
एउटा
मृत्युवरण गरेको योध्दाको
श्रध्दान्जलीमा नजाने म
एउटा
बन्दी बनेको योध्दालाई
महिनौं भेट्न नजाने म
लड्ने कुरा त परै जावस
भरथेग पनि नगर्ने
एउटा कायर मान्छे
म कसरी साहसी ?

मान्छेहरू मलाई त्यागी भन्छन्
यो अर्को निठ्ठो भ्रम हो
जस्तो कि –
कैयन वर्षदेखि
मैले केवल त्याग गरिरहेछु
दिसा-पिसाव
खकार-सिँगान
र्याल -बिर्य
यस्तै यस्तै
यस्तो त्याग गरेर त्यागी होइन भए
सवैभन्दा ठूला त्यागी
यो देशका लुटेराहरू हुने छन् !

मान्छेहरू मलाई बौद्धिक सोच्छन्
यो त झन् सोह्रै आना भ्रम हो
एउटा बौद्धिक
कहिलै शान्त वस्दैन
कहिलै स्थिर बस्दैन
इतिहासतिर मुन्टो फर्काएर
कुनै बौद्धिक झोक्राइरहदैन
एउटा बौद्धिक
उपायको प्रतिक्षा गरेर बस्दैन
एउटा बौद्धिक
उमेरको हाजिरी चढाएर मात्रै बस्दैन
अर्ति, उपदेश र आलोचना मात्र गरेर
एउटा इमान्दार बौद्धिक कहिलै बस्दैन
तर मैले
यी बाहेक केही गर्न सकिन
अनि म कसरी बौद्धिक भएँ ?

मान्छेहरू मलाई असल भन्छन्
यो अर्को भ्रमको फसल हो
एउटा असल मान्छेका गुण
केही पनि मसँग छैनन्
आलस्य
पलायन
कायरता
स्वार्थपरायणता
निस्कृयता
निराशा
कुण्ठा
विरक्ति
के यी असल मान्छेका गुण हुन् र ?
मलाई असल देख्नेहरू हो
कृपया
असल शब्दको हुर्मत नलेऊ
मलाई मजस्तै छोडिदेऊ !

ए मान्छेहरू हो ,
कायरलाई बहादुर मानेर
स्वार्थीलाई त्यागी ठानेर
मूर्खलाई बौद्धिक गनेर
तिमीहरू कति दिन भ्रममा बाँच्छौ ?
लु मैले आफैले घोषणा गरें
तिमीहरूले भनेजस्तो म केही पनि होइन
म एउटा औषत मान्छे हुँ
एउटा औषत मान्छेसँग
कसैले पनि विशेष अपेक्षा नगर !

मन त मलाई पनि शाहसी बन्न छ
मन त मलाई पनि असल र त्यागी बन्न छ
मन त मलाई पनि असल र बौद्धिक बन्न छ
मन हुनु र नहुनुले के नै फरक भयो र ?
मैले ती कुरा बन्ने कुनै प्रयत्नै गरिंन
या जति गरें ती अपर्याप्त भए
र आज म औषत जिन्दगी वाँचिरहेको छु !

२०७६|०५|२३
भक्तपुर

वि.सं.२०७६ भदौ २३ सोमवार १६:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...