back

यी नायिकाको सम्पत्ति कति छ भन्ने थाहा पाउनु भयो भने तपाई जिब्रो टोक्नुहुन्छ

वि.सं.२०७६ भदौ २३ सोमवार

141 

shares
NTC AD
Global IME AD

त्यसो त फिल्ममा अभिनय गरेर सबै अभिनेत्रीहरु सफल हुँदैनन् । सफल भएपनि केसी समय हुन्छन् र फेरि हराउँछन् । फिल्म क्षेत्रमा नयाँ नयाँ कलाकारको उपस्थिति भइरहन्छ । तर, निरन्तर काम, दाम नाम कमाउने कमै नायिकाहरु हुन्छन् ।


त्यस्तै केही अभिनेत्रीहरु छन् जो करोडौं डलरका सम्पत्तिका मालिक्नी बनेका छन् ।
तपाईलाई लाग्ला नेपालका अभिनेत्रीहरु यतिधेरै सम्पत्तिका धनी होलान् भनेर । तर, त्यस्तो भने होइन, हाम्रा फिल्मी नायिकाहरु करोडौ डलर कमाउने स्थितिसम्म पुग्न केही समय कुनैपर्ने हुन्छन् । तर भविष्यमा त्यो सम्भव नहोला भन्न भने सकिन्न ।


तपाईलाई लाग्ला नेपालका अभिनेत्रीहरु यतिधेरै सम्पत्तिका धनी होलान् भनेर । तर, त्यस्तो भने होइन, हाम्रा फिल्मी नायिकाहरु करोडौ डलर कमाउने स्थितिसम्म पुग्न केही समय कुनैपर्ने हुन्छन् । तर भविष्यमा त्यो सम्भव नहोला भन्न भने सकिन्न ।


अहिले हामीले कुरा गर्न खोजेका नायिकाहरु हुन् बलिउडका नायिका, भारतीय चलचित्रका ती नायिका जो करोडौ डलरका धनी छन् । जसमा केहीले अभिनेत्रीकै रुपमा अझै पनि फिल्म क्षेत्रमा आफ्नो प्रभुत्व जमाएका छन् भने केही फिल्म निर्माण क्षेत्र तथा केही उद्योगतिर लागेर पनि धनी बनेका छन् । हामीले आज त्यस्ता १० नायिकाको चर्चा गर्न गइरहेका छौं जो बलिउडकै धनी १० अभिनेत्रीमा पर्छन् ।

दीपीका पादुकोण

३४ वर्षीया दीपीका पादुकोण १० अभिनेत्रीमा सबैभन्दा बढी पैसा कमाउने नायिकामा पर्छिन् । उनी ४५ मिलियन डलरकी मालिक हुन् । २००७ मा ओम शान्ति ओमबाट भारतीय सिनेमा जगतमा छिरेकी यी अभियनेत्रीलाई सफलताले कहिल्यै छोडेन । उनको पछिल्लो फिल्म पद्मावत हो । उक्त फिल्मका लागि उनले १३ करोड भारु लिएकी थिइन् । उनले २००७ देखि अहिलेसम्म झण्डै २७ फिल्ममा अभिनय गरिसकेकी छन् ।

प्रियंका चोपडा

प्रियंका चोपडा ४० मिलियन डलरकी मालिक्नी हुन् । संसारभरी चर्चित रहेकी प्रियकाले पप गायक निक जोनशसँग विहे गरेकी छन् । ३७ वर्षीया यी नायिका मिस वल्र्ड २००० की विजेता पनि हुन् ।

माधुरी दिक्षित

माधुरी दिक्षीत १० अभिनेत्रीमा सबैभन्दा बढी कमाउनेमा तेश्रो नम्बरमा पर्छिन् । ३५ मिलियनकी मालिक्नी उनी भारतीय महिलामा सबैभन्दा सुन्दर नायिकामा पर्छिन् । ५२ वर्षीया यी नायिका अहिले पनि त्यति नै सुन्दर देखिन्छन् । माधुरी दिक्षीतलाई हिन्दी फिल्म क्षेत्रकी सबैभन्दा सफल अभिनेत्री पनि मानिन्छ । उनले आफ्नो फिल्मी कैरियर १९८४ मा ‘अबोध’ फिल्मबाट अभिनयको सुरुवात गरेकी थिइन् ।

ऐश्वर्या राय

ऐश्वर्या राय तमिल फिल्म क्षेत्रबाट आएकी नायिका ऐश्वर्या रायको पहिलो हिन्दी फिल्म ‘और प्यार हो गया’ रहेको छ । १९९४ मा मिस वल्र्डको ताज पहिरिएकी यी नायिका ३५ मिलियन डलरको मालिक्नी हुन् । भारतका सबैभन्दा लोकप्रिय अभिनेताको नाम कमाएका अमिताभ बच्चनका छोरा नायक अभिशेक बच्चनसँग विवाह गरेकी ऐश्वर्याको एक छोरी पनि छन् ।

प्रिति जिन्टा

प्रिति जिन्टा ३० मिलियन डलरकी मालिक्नी हुन् । तेलगु, अंग्रेजी तथा हिन्दी फिल्ममा अभिनय गरेकी प्रितिजिन्टाको पहिलो फिल्म १९९८ मा बनेको ‘दिलसे’ रहेको छ । ४४ वर्षीया यी नायिकाले बिबिसी अनलाईनमा धेरै लेख लेखेकी छन् । उनी क्रिकेट टिम किंग्स हष् पंजावकी मालिक पनि हुन् । उनी अहिले चलचित्र क्षेत्रमा खेलेकी छैनन् ।

विद्या वालन

विद्या वालन २५ मिलियन डलरकी मालिक हुन् । ४० वर्षीया यी नायिकाले बंगाली फिल्मबाट फिल्म क्षेत्रमा कदम राखेकी हुन् । हिन्दी सिनेक्षेत्रमा उनको पहिलो फिल्म ‘परिणीता’ हो ।

अनुष्का शर्मा

अनुष्का शर्माको सम्पत्ति २५ मिलियिन डलर रहेको छ । मोडलिङबाट आफ्नो कैरियर सुरु गरेकी अनुष्काले २००८ देखि हिन्दी फिल्म क्षेत्रमा आफ्नो कदम राखेकी हुन् । उनको पहिलो फिल्म ‘रब ने बनादी जोडी’ रहेको थियो । उनले २०१७ मा चर्चित क्रिकेट खेलाडी विराट कोहलीसँग विवाह गरेकी छन् ।

अमृता राव

अमृता राव २०.५ मिलियन डलरकी मालिक हुन् । उनी १० धनी अभिनेत्रीमा ८ औं नम्बरमा पर्छिन् । मोडलिङबाट आफ्नो कैरियर सुरु गरेकी उनको पहिलो फिल्म ‘अबके वरस’ रहेको छ । उनको ‘वेलकम टु सज्जनपुर’ लगायतका फिल्म चर्चित रहेका थिए । ३८ वर्षीया यी नायिका दुई दर्जन बढी फिल्ममा अभिनेत्रीको भूमिका निर्वाह गरेकी छन् ।

काजोल देवगन

काजोल पनि भारतीय १० अभिनेत्रीमा धेरै कमाउनेमा नवौं नम्बरमा पर्छिन् । उनी १६ मिलियन डलरकी मालिक हुन् । ४५ वर्षीया काजोलले ‘बेखुदी’ नामक हिन्दी फिल्मबाट आफ्नो कैरियर सुरु गरेकी थिइन् । त्यसपछि उनले अभिनय गरेका बाजिगर, दिलवाले दुल्हनिया लेजाएंगे लगायतका फिल्म हिट रहे । उनले २० वर्ष अघि नायक अजय देवगन संग विवाह गरेकी थिइन् ।

सोनाम कपुर

सबैभन्दा बढी कमाउने १० औं नम्बरमा सोनाम कपुर पर्छिन् । उनी १५ मिलियन डलरकी मालिक हुन् । ३४ वर्षीया यी नायिकाको पहिलो फिल्म ‘सावरिया’ रहेको थियो । उनले प्रेम रतन धन पायो, प्याडम्यान लगायतका फिल्ममा अक्षय कुमार तथा सल्मानखान जस्ता बलिउडका चर्चित नायकसँग मुख्य भूमिकामा खेलेकी छन् । उनको सबैभन्दा राम्रो भूमिका ‘निरजा’ मा रहेको बताइन्छ । उनी नायक अनिल कपुरकी छोरी हुन् । एजेन्सी

वि.सं.२०७६ भदौ २३ सोमवार १८:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...