Sansar News- Nepal's Fast Khabar Online news portal

बीस वर्षदेखि शरीरमा गोलीलिएर हिडछन् डम्मरबहादुर बुढा

सर्जना कार्की
२ हप्ता पहिले
बीस वर्षदेखि शरीरमा गोलीलिएर हिडछन् डम्मरबहादुर बुढा

२४ भदौ, रुकुमपूर्व । एक्लै हिँड्न उनलाई समस्या पर्छ । कारण उनको शरीरमा बेलाबेलामा (दिनमा दुई तीन पटक) करेन्टको झट्का लाग्ने गर्दछ । त्यही करेन्टको झट्का लाग्ने बेलामा लडेर घाइते हुने वा चोटपटक लाग्ने सम्भावना बढी हुने गर्दछ । आफूलाई सुरक्षित राख्न एकजना साथी अनिवार्य साथमा राखेर बाहिर हिँडडुल गर्ने गर्छुन् । यो सब उनि बिरामी भएर होइन, युद्धका क्रममा लागेको गोलीले हो । युद्धको बेलामा सेनाले हानेका गोली शरीरभित्र अझै अड्किएका छन् ।

त्यसैको असरले उनको शरीरमा समस्या भएको हो । उनको शरीरमा अहिले पनि १० वटा गोली छन् । युद्धका बेलामा एक पटक जीवन पाएका पात्र हुनु उनि । बीस वर्षदेखि शरीरभरि गोली बोकेर हिँडेका सिस्ने गाउँपालिका–८ लम्पाकोटका ३६ वर्षीय डम्मरबहादुर बुढा अहिले भने राजनीति क्षेत्रबाट अली टाढा छन् ।

उनको दाहिने हातको पाखुरामा एक, देब्रे खुट्टामा एक, दाहिने खुट्टामा दुई, घाँटीमा दुई वटा गोली छन् । त्यसैगरी पेटमा एक, गालामा एक र कम्मरमा एक गोली छन् । शरीरभरि छर्रा रहेको पनि उनले जानकारी दिए । जनयुद्धका बेला विसं २०५५ चैत ७ गते म्याग्दीको बेनी बेसक्याम्पबाट सैनिक ब्यारेक कब्जा गर्ने क्रममा गोली चल्दा शरीरमा १५ वटा गोली लागेका थिए । बुढालाई गोली लागेपछि सबै भाग्न सफल भएका थिए । उनको शरीर रगताम्मे भएको थियो । घाइते अवस्थामा पुगेका बुढालाई भित्रकै स्वास्थ्य विभागको टोलीले उपचार गरेको थियो ।

घटनाको आठ वर्षपछि भारतको मुम्बईको एक अस्पतालमा शल्यक्रिया गरेर पाँच गोली निकालियो । दुई हातको पाखुरा, दुई खुट्टा र एक वटा गालाबाट गोली निकालिएको थियो । त्यो गोली चाँहि नसा र हड्डीको छेउछाउमा भएका कारण स्वास्थ्य अवस्थामा समस्या पर्ने र अपाङ्गतासमेत हुनसक्ने भन्दै बाँकी १० गोली निकाल्न नमिल्ने चिकित्सकले सुझाव दिएका थिए । अहिले ती गोली शरीरभित्र त्यत्तिकै बसेका छन् । शरीरमा गोलीका दाग प्रष्टै देख्न सकिन्छ ।

बुढाको उपचार जङ्गलमै गरिएको थियो । युद्धभूमिकै उपचारले उनको ज्यान बचेको थियो । अहिले उनको दुवै खुट्टा, हात, घाँटी र ढाडमा लागेको गोलीको निसान बाहिरबाटै प्रष्ट देख्न सकिन्छ । गोली भएको ठाउँमा दुख्ने, चिलाउने, झमझमाउने र करेन्ट लागेको जसरी बेलाबेलामा झट्का लाग्ने गरेको उनले बताए । आर्थिक अवस्था कमजोर भएका कारण औषधि पनि प्रयोग गर्न नसकेको उनले सुनाए ।
विसं २०५७ मा १६ वर्षको उमेरबाट राजनीति यात्रा शुरु गरेका बुढाले विद्यार्थी सङ्गठनमा पनि काम गरेका थिए । त्यसपछि गुल्मीमा जनमुक्ति सेनाको प्लाटन कमान्डर भई काम गरेका थिए । परिवार नै राजनीतिमा लागेका कारण परिवारको पे्ररणाबाट जनयुद्धमा होमिएको उन्ले बताए । लगातार रुपमा विसं २०५५ देखि २०६० सम्म युद्धमा होमिएका बुढा त्यसपश्चात भने भारतमै बसेका थिए ।

हाल एक वर्ष अघि मात्र नेपाल फर्केका बुढाले लम्पाकोटमा खेती किसानी गरिरहेका छन् । सामान्य काम गर्न सक्ने तर शरीरलाई भार पर्ने खालका काम गर्न नसक्ने उनकि पत्नी जगतकुमारी बुढाले बताइन । अहिले उनले सामान्य जीवनयापन गरिरएका छन् । गोलीकै कारण बुढाले धेरै काम गर्न नसक्ने साथै एक्लै र चिसोमा हिँड्न गर्नसमेत सक्दैनन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…