Sansar News- Nepal's Fast Khabar Online News Portal

ज्योति विकास बैंकको नयाँ शाखा सिनामंगलमा

संसार न्यूज़
५ महिना पहिले
ज्योति विकास बैंकको  नयाँ शाखा सिनामंगलमा

२४ भदौ, काठमाडौँ । ज्योति विकास बैंकले सिनामंलमा शाखा विस्तार गरेको छ ।

बैंकिङ सेवा विस्तार गर्ने क्रममा त्रिभुवन सिनामंगलमा अन्तराष्ट्रिय बिमानस्थल प्राङगणभित्रै नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

सोमबार भएको औपचारिक कार्यक्रममा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक राज कुमार क्षेत्री तथा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरे भने बैंकका कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले सम्बोधन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीले बिमानस्थल प्राङगणभित्रै पनि बैंकिङ सेवा पुगेका कारण जनतालाई सहज भएको बताउँदै बैंकलाई हरेक ढंगले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैंकका अध्यक्ष खड्काले बैंकले सेवाग्राही र समाजको माग अनुसार सेवा र सुविधालाई निरन्नरता दिदै अझ सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आगामी दिनहरुमा पनि जनमानसमा बैंकिङ सेवा सरल र सहज बनाउन लागिरहने प्रतिबद्धता व्यक्त गरेको को विज्ञप्तीमा जनाइएको छ ।

योसँगै ज्योति विकास बैंककोे १०२ शाखा कार्यालय , १ एक्टेन्सन काउन्टर तथा ४२ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट रु.३० अर्ब भन्दा बढी निक्षेप सङ्कलन गरी २० हजारभन्दा बढी ऋणीलाई रु ३६ अर्ब भन्दा बढी लगानी गर्न सफल भएको बैंकले बताएको छ ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ६ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका १ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ४ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…