Sansar News- Nepal's Fast Khabar Online News Portal

नबिल बैंक र ECAN बीच सम्झौता

संसार न्यूज़
४ महिना पहिले
नबिल बैंक र ECAN बीच सम्झौता

२४ भदौ, काठमाडौँ । नबिल बैंक र एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल ( ECAN )बीच सम्झौता भएको छ ।

आइतबार भएको विशेष समारोहकाबीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त सहमति अनुसार नबिल बैैंकले ECAN र ECAN सँग आबद्ध सदस्य संस्थाहरु, तिनका कर्मचारीहरु एवं विद्यार्थीहरुका लागि आधिकारिक बैंकका रुपमा सेवा प्रद्धान गर्नेछ ।

बैंकले ECAN , सदस्य संस्थाहरु तथा विद्यार्थीहरुलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेशणका सुविधा, कार्ड सुविधाहरु, कर्मचारी खाता, अनलाईन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गन विज्ञप्तीमा जनाइएको छ ।

कार्यक्रममा शाहले उक्त सहमति मार्फत नेपालको भविष्यको कर्णधार विद्यार्थीहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रद्धान गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

ECAN का तर्फबाट अध्यक्ष हरि प्रसाद पाण्डेले ECAN ले नबिल बैंकजस्तो प्रतिष्ठित बैंक आधिकारिक रुपमा पाउनु र आफ्नो संस्था, सम्पूर्ण सदस्य संस्थाहरु, कर्मचारी लगायत विद्यार्थीहरुले सुलभ तरिकाले सम्पूर्ण बैंकिङ्ग सुविधा पाउनु गर्वको विषय भएको बताए ।

सर्बाधिक पढिएको

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ?

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ? ४ हप्ता पहिले | संसार न्यूज़

९ पुस, काठमाडौँ । बिहीबार बिहान करिब पौने ३ घण्टा…

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ३ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू ४ हप्ता पहिले | संसार न्यूज़

१. पृष्ठभूमि व्यवस्थापनलाई उपयुक्त तवरले मिलाइएको चाँजोपाँजो वा राम्रो तवरले…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…