Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए मकाउमा नयाँ नेतृत्व,अध्यक्षमा पूर्ण गुरुङ

संसार न्यूज़
१ महिना पहिले
एनआरएनए मकाउमा नयाँ नेतृत्व,अध्यक्षमा पूर्ण गुरुङ

२३ भदौ, मकाउ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउमा पूर्णबहादुर गुरुडको अध्यक्षातामा नयाँ कार्यसमिती गठन भएको छ ।

मकाउको इन्डियन गार्डेन रेस्टुरेन्टमा आइतबार सम्पन्न संघकोे छैटौं अधिवेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मत गर्दै २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

निर्वाचनका लागि शान्ति अधिकारी र राजकुमार गुरुङले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराए पनि अधिवेशनका लागि आएका केन्द्रीय महासचिव बद्री केसीको मध्यस्थतामा सर्वसम्मतको वातावरण बनाइएको थियो ।

तत्कालीन अध्यक्ष शान्तीदेवी अधिकारीले सौहार्दपूर्णरुपमा अधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्दै पूर्ण गुरूडलाई नयाँ कार्यसमितीको अध्यक्षको बाटो खोलीदिएर उदार मन देखाएकी थिइन् भने दुबैपक्षलाइ सहमतिमा ल्याउन एनआरएनए मकाउका पूर्वअध्यक्ष शुर्दशन थापा मगर लगायतका प्रमुख तथा बिषेश अतिथिको मुख्य भूमिका रहेको थियो ।

नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा रत्नमणि राई, बिकेन जोशी, राज कुमार गुरूङ, महासचिवमा, शिव थापा, सचिवमा राजेश गुरुङ, कोषाध्यक्षमा प्रेम कुमार बि.क. (निर्बिरोध) चयन भएका छन् ।

त्यसैगरी युवा संयोजकमा निशान घर्ती क्षेत्री, महिलासंयोजकमा शर्मिला राई रहेका छन् भने सदस्यहरूमा कलबहादुर तामाङ, सन्तोष गुरुङ, सुरेन्द्र तामाङ, धर्मवीर बुढा, गम्भीर महत, दीपक तामाङ, रोजन लामा र सुरेश सुनार चयन भएका छन् । बाँकी रिक्त पदमा कार्यसमितिको पहिलो बैठकबाट मनोनयन गरिने अध्यक्ष गुरुङले बताएका छन् ।

त्यसैगरी संघको आइसिसि सदस्यमा मंगलबादुर राई चयन भएका छन् ।

सन् २००८ मा स्थापना भएको एनआरएनए मकाउका, सन् २०११–२०१५ सम्म सुर्दशन थापामगरको अध्यक्षता रहेको थियो भने उनकै पहलमा संस्थालाई मकाउ सरकारमा दर्ता गरी मकाउमा पहिलो सरकारी मान्यता प्राप्त नेपाली संस्था बन्न सफल भएको थियो ।
तत्कालीन केन्द्रीय आइसिसि सदस्य देवमान हिराचनको प्रमुख आतिथ्यतामा गरिएको उक्त महाधिबेशन मेट्रोपल होटेल मकाउमा गराइएको थियो । त्यसपछि क्रमश : केन्द्रीय अध्यक्ष अध्यक्ष शेष घलेको उपस्थितिमा पनि मकाउमा अधिवेशन समापन गदैँ अहिले छैटौं अधिवेशनका लागि ८१९ सदस्य दर्ता भएका थिए ।

मकाउमा झन्डै ५ हजारको हाराहारीमा रहेका नेपालीहरु विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा आवद्ध छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…