Sansar News- Nepal's Fast Khabar Online news portal

शिक्षक लाईसेन्स : भोली (भदौ २५ गते) अन्तिम दिन, सच्याउनुभयो त विवरण ?

संसार न्यूज़
२ हप्ता पहिले
शिक्षक लाईसेन्स : भोली (भदौ २५ गते)  अन्तिम दिन, सच्याउनुभयो त विवरण ?

२४ भदौ, काठमाडौँ । प्रवेशपत्रमा आफैंले विवरण सच्याउने म्याद बुधबार (भदौ २५ ) गते सकिदैंछ ।

शिक्षक सेवा आयोगबाट गत जेठ २ गते प्रकाशित अध्यापन अनुमतिपत्रको विज्ञापन अनुसार दरखास्त फाराम भर्ने उम्मेद्वारहरुको प्रवेशपत्र भदौ २७ गतेबाट प्रिन्ट गर्न मिल्ने पनि आयोगले जनाएको छ ।

२१ गतेदेखि नै प्रवेशपत्र प्रिन्ट गर्न मिल्ने भनिए पनि कतिपय उम्मेद्वारले दरखास्त फाराम संशोधनका लागि निवेदन पठाइरहेकाले विवरण सच्याउनका लागि बुधबार (भदौ २५) सम्म म्याद थप गरेको थियो ।

आफूले भरेको विवरण के कस्तो छ हेर्ने र गलत विवरण भएमा आफैले सच्याउन आयोगले भदौ २५ गतेसम्म समय तोकेको छ ।

कसरी हेर्ने preview  ?

TSC को online application मा गई ‘प्रवेशपत्र’ लेखिएको बटनमा click गरेर आफ्नो भौचरमा रहेको एप्लिकेशन आइ.डी. मा मोबाइल नम्बर Entry गरी preview हेर्न सकिनेछ । तर बैंकमा राजश्व रकम नबुझाउने उम्मेद्वारहरुको विवरण preview मा उपलब्ध हुने छैन ।

कस्ता विवरण आफैले संशोधन गर्न सकिन्छ :

देवनागरीमा नाम , ठेगाना, नागरिकता नम्बर,तीनपुस्ते विवरण , फोटो,र दस्तखत राख्ने,शैक्षिक योग्यता र तालिम) भदौ २५ गतेसम्म आफैंले सच्याउन सकिनेछ । यसका लागि आफ्नो User id  Password म बाट Log in   गर्नुपर्नेछ र सच्याउन सकिनेछ । ।

तर

विज्ञापन नम्बर , तह र विषय सच्याउन परेमा बै.क भौचर र शैक्षिक योग्यताको प्रमाणपत्र र अङ्ग्रेजीमा नाम र जन्ममिति सच्याउन परेमा बैंक भोचर र नागरिकताको प्रमाणपत्र राखी आयोगको इमेल [email protected] मा निवेदन पठाउनुपर्ने छ ।

केही उम्मेद्वारहरुको अनलाइन फाराम भर्न चाहेको जिल्ला छनोट नभएको वा जिल्ला खाली रहेको तथा कतिपय उम्मेद्वारहरुले परीक्षा दिन नपाइने विषयमा फाराम भरेको उम्मेद्वारले प्रकाशित विज्ञापनको शर्त बमोजिम जिल्लाको नाम भर्न र विषय परिवर्तनका लागि बैंक भौचर , ट्रान्सक्रिप्टसमेत राखी आयोगमा इमेलमार्फत निवेदन पठाउनुपर्नेछ ।

प्रवेशपत्र भदौ २७ गतेदेखि भदौ ३१ गतेसम्म प्रिन्ट गर्न सकिनेछ ।

आयोगमा विवरण सच्याउन निवेदन दिएकाहरुले भने असोज १ गतेपछि प्रवेशपत्र प्रिन्ट गर्न सकिन्छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…