Sansar News- Nepal's Fast Khabar Online news portal

सरकारले यी यस्ता काम गर्न सके पो !

भिम उपाध्याय
२ हप्ता पहिले
सरकारले यी यस्ता काम गर्न सके पो !

प्राविधिक बिषयका कुराहरूमा नियमित उपचारको प्रकृया हुँदा हुदै सर्बोच्च अदालतले असाधारण अधिकारको प्रयोग गर्ने रिट क्षेत्रबाट प्रवेश गर्नु नै सरकारका तह तहगत नियामक एवं कार्यान्वयन संस्थाहरू भुत्ते हुदै गएका देखिन्छन् ।

सैद्धान्तिक र संबैधानिक मुद्दा बाहेक गणितीय मुद्दामा पनि सर्बोच्च अदालत प्रवेश गर्ने र क्यालकुलेटर थिचेर फैसला वा आदेश दिने गलत परम्परा रोक्न अब संसदले संविधान संसोधन गर्ने वा त्यहा प्रष्ट शर्त समावेश गर्नुपर्ने भएको छ । त्यसो नभए सरकारी तह–तहगत निकायहरू आफूलाई तोकिएको काम गर्न नसकेर निकम्मा बन्दै जानेछन् । कर, राजश्व र ठेक्का पट्टा जस्ता मामलामा पनि अक्सर सर्बोच्च अदालतले ती सरकारी वा अर्धन्यायिक निकायहरूको क्षेत्राधिकार नाघेर एक्कासी निर्णय गरिदिँदा मुलुकका तलका निकायहरूबाटनै उपचारको विकल्प दिनसक्नेमा तिनले सर्बोच्च अदालतका कारण कामै गर्न नपाई निरीह र लथालिङ्ग बन्दै गएको देखिन्छ ।

विश्वको देश्रो ठूलो अर्थतन्त्र चीनसँग नेपालले ५ हजार वटा त्रिपाल र ३० करोड सहयोग लिन राजी भएछ । अर्बौं अर्ब खर्च गरेर दर्जनौ भ्युटावरहरू जिल्ला जिल्लामा नेपाली पैसाले नै बन्दैछन् । सांसदलाई वर्षेनी रू १० अर्ब खेलाउन दिएकै हो । तसर्थ चीनको जति सहयोग त नेपालले चीनलाई पनि सजिलै दिन सक्छ । अब बाहिरबाट लिने मात्र हैन, बिदेशी मुलुकलाई सहयोग दिने सम्झौता नेपालले विदेशी मुलुकसँग गर्न थालोस् । त्यसका लागि फण्ड बनाउन नेपाली जनताले मजाले चन्दा दिन सक्छन् । बिदेशी कमजोर मुलुकलाई नेपालले पनि आर्थिक तथा प्राविधिक सहयोग दिन नेपाल सरकारले NICA (Nepal International Development Agency) स्थापना गरोस् ।

मेलम्चीको समस्या यसैगरी जारी निरन्तर रह्यो भने काम सुरू गर्न अवरोध भएर नयाँ ठेकेदारले पनि दैनिक करोडौं रुपैया हर्जाना छेराउने छ । मेलम्ची प्रशाशनिक दृष्टिमा मात्र एकहोरिदै ब्यावसायिक दृष्टिबाट हेरिएन भने काम सुचारू हुन धेरै कठिन हुन सक्छ । सरकार मानिसलाई मात्र हैन, पशुलाई पनि हेरचाह गर्न र शाषित गर्नका लागि हो । छाडा वा पाल्तु पशु वा जनावर समेतको नियन्त्रण र ब्यवस्थापन गर्नका लागि हो । सहरका सबै पाल्तु वा छाडा पशुहरूलाई ब्यवस्थित गर्न नसक्ने हो भने त्यो नालायक सरकार ठहरिन्छ । गौशाला वा कुकुर पालन केन्द्र खोलेर ब्यवस्थित गर्नुपर्छ । त्यसलाई संचालन गर्न ठेक्का दिए हुन्छ । त्यसका निम्ति चाहिने धनका लागि ती पशुका धनीबाट शुल्क लिन पनि सकिन्छ ।

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…