Sansar News- Nepal's Fast Khabar Online News Portal

१ सय ६ वर्षीय बृद्ध सम्मानित

संसार न्यूज़
११ महिना पहिले
१ सय ६ वर्षीय बृद्ध सम्मानित

२४ भदौ , झापा । झापाको बुद्धशान्ति– १ का जेष्ठ नागरिक सम्मानित भएका छन् ।

बुद्धशान्ति –१ का एक सय ६ वर्षीय जेष्ठ नागरिक हरिप्रसाद वाग्ले सोमबार सम्मानित भएका हुन् । बुधबारे जेसीजले जेष्ठ नागरिक वाग्लेलाई उनको घर बुद्धशान्ति मै गएर सम्मान गरेको हो ।

बुधबारे जेसीजका अध्यक्ष जेसी हेमन्त वराल, निवर्तमान अध्यक्ष जेसी प्रकाश भण्डारी, पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेल लगायतको उपस्थितिमा वाग्लेलाई सम्मान पत्र तथा खादा ओडाएर सम्मान गरिएको थियो ।

जेष्ठ नागरिकका जीवन भोगाईलाई नयाँ पुस्ताले ग्रहण गर्दा सत्कर्मका लागि प्रेरित हुन सकिन्छ भन्दै बुधबारे जेसीजका अध्यक्ष वरालले जेष्ठ नागरिकबाट नयाँ पुस्ताले धेरैकुरा सिक्न जरूरी रहेको बताए ।

बुधबारे जेसीजका महासचिव जेसी मुकेश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक जेसी गजुहाङ योङहाङले सम्मान पत्र बाचन गरेका थिए ।

यसै कार्यक्रमबाट बुधबारे जेसीजको जेसीज सप्ताह सुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत साताभरी विभिन्न कार्यक्रम गरिने सप्ताह कार्यक्रमका मुल संयोजक जेसी सेमन्त पोखरेलले बताएका छन् ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प २ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई २ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…