back

अष्ट्रेलियाको तेक्वान्दो न्यासनल च्याम्पियनसीपमा स्पन्दन थापालाई रजतपदक

वि.सं.२०७६ भदौ २५ बुधवार

168 

shares
NTC AD
Global IME AD

२५ भदौ, अष्ट्रिेलिया । अष्ट्रेलियन तेक्वान्दो न्याशनल च्याम्पियनशिप २०१९ टुर्नामेन्टको फिदरवेट समुहको प्रतिस्पर्धामा नेपाली मूलका १३ बर्षिय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन् ।

अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा थापाले प्रतिद्वन्दीलाई सजिलै पराजित गरी उक्त सफलता हात पारेका हुन् ।

माता सुमि श्रेष्ठ, पिता शंकर थापा र एक भाइका साथमा मेलबर्नको सेन्ट अल्बान्समा बसोबास गर्दै आएका स्पन्दन सानै उमेरदेखि नै विभिन्न खेलमा रुचि राख्थे । पढाइसंगै तेक्वान्दो खेल रोजेका स्पन्दनले भिक्टोरिया स्टेट सेलेक्सन टुर्नामेन्टमा सफल भएर उक्त राष्ट्रिय च्याम्पियनशिपमा सहभागी भएका थिए ।

पढाईमा पनि अब्बल स्पन्दनले सन २०१६ देखि नै भिक्टोरियामा आयोजना भएका टुर्नामेन्टहरुमा बिजय हासिल गरी विभिन्न पदकहरु प्राप्त गरिसकेका छन । प्रतियोगितामा सहभागी विभिन्न देशहरूमध्ये स्पन्दन एक मात्र नेपाली थिए । उनी सेन्ट अल्बान्समा रहेको तेक्वान्दो प्लस अष्ट्रेलिया क्लबसंग आबद्ध छन् । उन्को बिजय पश्चात क्लबका प्रशिक्षक मार्कोले बधाई दिदै स्पन्दनले आगामी दिनहरूमा तेक्वान्दोमा अझै धेरै प्रगति गर्न सक्नेमा आफू र क्लब ढुक्क रहेको बताएका थिए ।

राष्ट्रिय गौरब कायम गर्दै अस्ट्रेलियन च्याम्पियनशिपमा यो सफलता प्राप्त गर्ने स्पन्दन र उन्लाई यो किसिमको बिजय प्राप्त गर्न बिभिन किसिमबाट उपयुक्त बातावरण तय गरिदिने मेलबर्न नेप्लिज कम्युनिटि वेस्टका बर्तमान अध्यक्ष स्पन्दनका पिता शंकर थापा र रजिस्ट्रर नर्सको रुपमा कार्यरत माता सुमि श्रेष्ठ तिनै जनालाई लुम्बिनी कपिवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले बधाई दिएका छन् ।

वि.सं.२०७६ भदौ २५ बुधवार १०:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...