Sansar News- Nepal's Fast Khabar Online news portal

प्रहरी निरीक्षक समूहद्वारा मानवसेवा आश्रमलाई आर्थिक सहयोग

संसार न्यूज़
१ हप्ता पहिले
प्रहरी निरीक्षक समूहद्वारा मानवसेवा आश्रमलाई आर्थिक सहयोग


२५ भाद्र, काठमाडौँ । नेपाल प्रहरीले मानव सेवा आश्रमलाई रु ३० हजार आर्थिक सहयोग गरेको छ ।
नेपाल प्रहरीको प्रहरी निरीक्षक १५५ औँ समूहले प्रहरी अधिकृत सेवाको नौ वर्ष पुरा गरी १० वर्ष पूरा गरेको अवसरमा मङ्गलबार साँझ मानवसेवा आश्रम सामाखुशीलाई उक्त सहयोग गरेको हो ।
कार्यक्रममा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले मानवसेवा आश्रम सामाखुशीका सञ्चालक सन्तोषी थापामगरलाई उक्त रकम हस्तान्तरण गरे ।

कार्यक्रममा वृत्त प्रमुख लम्सालले वृद्धवृद्धालाई सबैले आदर र सम्मान गर्नुपर्ने विचार व्यक्त गरे । आगामी दिनमा पनि नेपाल प्रहरीले वृद्ध, वृद्धालाई निरन्तर सहयोग गर्दै जाने उनको भनाइ थियो । आश्रमका सञ्चालक थापामगरले सामाजिक काममा अनवरत लाग्ने नेपाल प्रहरीले वृद्ध बा, आमालाई सहयोग गरेको भन्दै प्रशंसा गरे ।

नेपालका विभिन्न १५ जिल्लामा सञ्चालन गरिएको आश्रममा हालसम्म ८०० भन्दा बढीले आश्रय लिइसकेका छन् । विसं २०८२ सम्म खुला आकाशमुनि कोही पनि व्यक्ति बस्न नपरोस् भन्ने उद्देश्य आश्रमले लिएको उनको भनाइ थियो ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…