back

क्यानडाको सिटी बसमा नेपालको प्रचार, सांसद भन्छन्–’म पनि नेपाल घुम्न जान्छु’

वि.सं.२०७६ भदौ २६ बिहीवार

108 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

२६ भदौ, क्यानडा । क्यानडाको सिटी वसमा नेपालको तस्बिर झल्काउने तस्बिर राखेर नेपालको पर्यटन प्रर्वद्धन गरिएको छ ।
क्यानडाको मिसिसागा रिर्वाडवर पार्कमा सिटी बसमा नेपाल झल्कने तस्बिरहरु राखेर नेपालको पर्यटन प्रर्वद्धनसहित कार्यक्रमको उद्घाटन गरिएको हो ।

क्यानडाको मिसिसागामा त्यहाँका १० वटा सार्वजनिक बसमा नेपालको सर्वोच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, पोखरा, जिवित देवि कुमारी पश्चिम प्रदेशको खप्तड, बडीमालिका, अपिसैपाल हिमाल लगायतका पर्यटकीय गन्तव्यहरुको तस्बिर राखेर नेपालको पर्यटन प्रवद्र्धन गरिएका छन् ।

दुई महिनासम्म मिसिसागा, टोरेन्टो, ब्राम्टन लगायतका शहरहरुमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिने नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि नरबहादुर टन्डनले जानकारी दिए । उनले क्यानडाको सबैभन्दा ठूलो सिटी तथा व्यवस्त शहर मिसिसागामा १० वटा सिटी बसमा नेपालको पर्यटन झल्किने तस्बिरहरु राखिएको बताएका छन् ।

उद्घाटनका क्रममा मिसिसागाका सांसद दीपक आनन्दले सिटी बसमा गरिएको प्रचार–प्रसारले नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउने बताए । उनले आफू पनि नेपाल भ्रमण वर्ष २०२० मनाउन सपरिवार नेपाल भ्रमणमा जाने समेत बताए । उनले अन्य क्यानेडियन नागरिकलाई नेपाल जान समेत आग्रह गरे ।

विश्वमा नेपाल चिनाउने अभियन्ताका रुपमा चिनिएका नर बहादुर टन्डनले आफ्नै आथिक खर्चमा यसभन्दा अघि पनि क्यानडाबाट अमेरिकाका विभिन्न सहरमा पुग्ने ठूला–ठूला ट्रकहरुमा नेपालको पर्यटन प्रवद्र्धन हुनेगरी तस्बिर राखेर नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुर्याउदै आएका छन् । कसैले सहयोग गरोस् नगरोस्, या जसले जे सोचोस् देशको प्रबद्र्धन गर्ने काममा निरन्तर लागिरहेका छन् ।

वि.सं.२०७६ भदौ २६ बिहीवार १०:१४ मा प्रकाशित

NABIL bank AD
काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन (बागलुङ) । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ...

सुन तस्करी प्रकरण : पूर्व उपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा रिहा

सुन तस्करी प्रकरण : पूर्व उपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा रिहा

काठमाडौँ । सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका पूर्व...

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता लेखनाथ...

राष्ट्रियसभा बैठकमा शोक प्रस्ताव पारित

राष्ट्रियसभा बैठकमा शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको...

प्रतिनिधिसभा बैठक : सहकारी र मिटरब्याज पीडितलाई न्याय दिन सांसदको आग्रह

प्रतिनिधिसभा बैठक : सहकारी र मिटरब्याज पीडितलाई न्याय दिन सांसदको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा...

प्रतिनिधिसभा बैठक : सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

प्रतिनिधिसभा बैठक : सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी...