अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको आयोजनामा स्वर्गिय विस्वेस्वरप्रसाद कोइरालाको १०६औं जन्मजयन्ती कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका संस्थापक, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् बरिष्ठ साहित्यकार स्व.बिपीको सम्मानमा एक मिनेट मौनधारण गर्दै सुरु भएको उक्त कार्यक्रमका बिशेष अतिथी र सहभागिहरुद्वारा नेता कोइरालाको तस्विरमा माल्यार्पण गरिएको थियो ।
उक्त अवसरमा प्रमुख अतिथी नेपाली कांग्रेसका नेता एबम सांसद डा मिनेन्द्र रिजालले नेपाली कांग्रेसको स्थापना र २००७ साल को क्रान्तिमा स्वर्गिय नेताबाट भएको नेतृत्वको चर्चा गर्दै भने बिपी कोइराला युग नायक थिए ।
उनले भने राजाको अधिनायकवादी सोच र नेपालको समुन्नती नचाहने तत्वहरुको मिलेमत्तो बाट गरिएको प्रजातन्त्रको हत्या र निरंकुशतन्त्र स्थापना पश्चातको निर्वाशित अवस्थामा भारतीय उपमहाद्विपमा तत्काल घटेका राजनीतिक घटनाहरुको सुक्ष्म बिश्लेशण गर्दै राष्ट्र संकटमा छ । राष्ट्रियता पनि गुम्न सक्छ भन्ने बुझेर आफुलाई फाँसी नै हुन्छ भने पनि होस् तर राष्ट्रलाई जोगाउनु पर्छ भन्दै बिपी २०३३ सालमा मेलमिलापको निती लिएर स्वदेश फर्केका थिए ।
सोही अवसरमा नेपाली कांग्रेसकी नेता एबम सांसद सरिता प्रसाईले पनि स्वर्गिय नेता प्रती श्रद्धान्जली ब्यक्तगर्दै नेपाल र नेपाली जनताले युगयुग सम्म बिपी कोइरालालाई सम्झी रहनेछन् भन्दै जबजब देशले संकट ब्यहोर्नु पर्ने अवस्था आउछ तब बिपीका अनुयायी नेपाली कांग्रेसका कार्यकर्ताहरु ज्यानको पर्बाह नगरी राष्ट्र राष्ट्रियता र प्रजातन्त्रका लागि आन्दोलनमा होमिएका हुन्छन् भने ।
उनले भने, ‘ विश्व राजनीतिको मन्चमा नेपाललाई चिनाउने एकमात्र नेता जननायक बिपी कोइराला नै हुन् ।’
सो अवसरमा बरिष्ट साहित्यकार हरि अधिकारीले साहित्यकार बिपी कोइरालाका साहित्यिक कृतिहरुको चर्चा गर्दै उनको साहित्यिक ब्यक्तित्वका बारेमा प्रकाश पारेका थिए । थुप्रै कथा,उपन्यास र केही कविता पनि सिर्जना गरेका साहित्यकार कोइराला बहुआयामिक ब्यक्तित्व थिए भन्दै नेपाली साहित्यमा बिपी कोइरालाको विशिष्ट स्थान रहेको बताए ।
कार्यक्रममा साहित्यकारहरु प्रकाश नेपाल, मोहन निरौला, बिमला निरौला, भरत रेग्मी, किरण सिंह थापा आदिले कविता बाचन गर्दै साहित्यकार कोइराला प्रती श्रद्धान्जली ब्यक्त गरेका थिए ।
बिपी कोइराला १०६औं जन्मजयन्तिको उक्त बिशेष कार्यक्रममा नेपाली कांग्रेस झापाका नेता हरि कुमार शिवाकोटी, जनसम्पर्क समिती अमेरिकाका उपसभापती केशव बराल, केन्द्रीय सदस्य गोपाल विश्वकर्मा, जनसंपर्क समिती मेरिल्याण्डका सभापति राजेन्द्र सेन्चुरी,नेका नेत्री उमा शाह, एनआरएन यूयसएका सल्लाहकार गोविन्द सुबेदी,नेपाली जनसंपर्क समितिका नेता अर्जुन सिग्देल, एएनयस का निवर्तमान महासचिव प्रेम पौडेल, अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष केदार प्रशाद तिम्सिना लगायतका समुदायका व्यक्तिहरुले मन्तब्य ब्यक्त गरेका थिए ।
उनीहरुले नेपालमा राष्ट्रियता र प्रजातन्त्रको संरक्षण तथा सम्बर्धन का निम्ती स्वर्गिय नेता बिपी कोइरालाका देनहरुको चर्चा गर्दै उनीद्वारा परिकल्पना गरिएको आर्थिक सामाजिक बिकासका अबधारणा र नीती योजनाहरु आज पनि नेपालको बिकास र नेपाली नागरिकको जनजिविका का निम्ती सान्दर्भिक रहेको भन्दै श्रद्धान्जली ब्यक्त गरेका थिए ।
च्याप्टर सदस्य याम कुमार सिटौला ले सन्चालन गरेको स्वर्गिय बिपी कोइरालाको १०६औं जन्मजयन्ती सम्बन्धी उक्त बिशेष कार्यक्रम नेपाली जनसम्पर्क समिती अमेरिका भर्जिनिया च्याप्टर सभापति राम शरण हुमागाईको सभापतित्वमा सम्पन्न भएको थियो ।
वि.सं.२०७६ भदौ २६ बिहीवार ११:१४ मा प्रकाशित