Sansar News- Nepal's Fast Khabar Online News Portal

रोजगारीनै रोजगारी, दिने होइन त आवेदन ?

संसार न्यूज़
४ महिना पहिले
रोजगारीनै रोजगारी, दिने होइन त आवेदन ?

२६ भाद्र, काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले सक्षम दक्ष र अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।

उक्त संस्थाका अनुसार कनिष्ठ सहायक पदको लागि केहि संख्यामा कुनै पनि विषयमा १२ कक्षा वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने साथै लघुवित्त संस्थामा कार्य अनुभव भएको तथा कम्प्युटर चलाउन जान्नेलाई विशेष प्राथमिकता दिइने जनाइएको छ ।

यस संस्थाका शाखा कार्यालयहरूमा रिक्त रहेका देहाय अनुसारका पदका लागि योग्यता पुगेका इच्छुक तथा अनुभवी व्यक्तिहरुबाट संस्थाको वेभसाइट nationalmicrofinance.com.np  मा राखिएको दरखास्त फारम अनुसारको विवरण सहित नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणपत्रहरु संलग्न गरी [email protected]  मार्फत आफूलाई पायक पर्ने शाखा कार्यालयहरुमा सूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्तको लागि आव्हान गरिएको छ ।

यसैबिच छिन्नमस्ता एजुकेशनल एकेडेमी, राजविराजले पनि एनएसजी को–ओर्डीनेटरमा १, एनएसजी इन्स्ट्रक्टरमा ५, फार्मेसी इन्स्ट्रक्टरमा २, ल्याब इन्स्ट्रक्टरमा १, एच।ए। इन्स्ट्रक्टरमा १, ल्याब को–ओर्डीनेटरमा १, एडमिनीस्ट्रशनमा १ जना कर्मचारीको आवश्यकता रहेको जनाइएको छ ।
थप जानकारीका लागि फोन : नं। ०३१–५२०८३०, ९८४२८२६६३६, ९८१४७७७७३४ वा इमेलः [email protected]  मा सम्पर्क गर्न सकिने सूचना दिइएको छ ।

त्यसैगरी DFID र Street Child  को सहयोगमा  Marginalized No more  परियोजनाले प्रदेश नं। २ का ५ ओटा जिल्लाहरुमा विद्यालय जानबाट बञ्चित तथा पढाइ छोडेर बसेका १० देखि १९ वर्ष उमेर समूहका मुसहर बालिका तथा महिलाहरुको शिक्षा उपयोगी सीप तथा जीविकोपार्जनमा सुधारको निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्न संरक्षण सल्लाहकारमा ३०, फिल्ड सुपरभाइजरमा ३, अनुगमन तथा मूल्याङ्कन अधिकृतमा १ र जिल्ला संयोजकमा २ जना कर्मचारीको आवश्यकता रहेको जनाइएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले नागरिकताका तथा शैक्षिक योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र [email protected]  मेल गरिसक्नु पर्ने सूचना दिइएको छ ।

सर्बाधिक पढिएको

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ?

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ? ४ हप्ता पहिले | संसार न्यूज़

९ पुस, काठमाडौँ । बिहीबार बिहान करिब पौने ३ घण्टा…

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ३ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू ४ हप्ता पहिले | संसार न्यूज़

१. पृष्ठभूमि व्यवस्थापनलाई उपयुक्त तवरले मिलाइएको चाँजोपाँजो वा राम्रो तवरले…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…