Sansar News- Nepal's Fast Khabar Online News Portal

“आयो दशैं गरिबलाई रुवाउन” भिडियो सार्वजनिक

संसार न्यूज़
८ महिना पहिले
“आयो दशैं गरिबलाई रुवाउन” भिडियो सार्वजनिक

२६ भदौ, काठमाडौँ । नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली २०७६ लाई लक्षित गर्दै गोमा कोइराला र शम्भु नेपालको संयुक्त प्रस्तुति “आयो दशैँ गरिबलाई रुवाउन”बोलको गीत भर्खरै बजारमा आएको छ ।

गीतमा बिहान खायो बेलुका के खाउँ र बेलुका खायो बिहान के खाउँ हुने अशंख्य नेपालीहरुको कथालाई समाबेस गरिएको छ । यस भित्र पनि हुँदा खानेहरुका लागि दशैं दशा बनेर आएको एक घत लाग्दो कथालाई छर्लङग पार्न गीतले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । “आयो दशैं गरिबलाई रुवाउन” बोलको गीतमा सर्वप्रिय गायक घमेश दुलाल र गोमा कोइरालाको सुमधुर स्वर रहेको छ ।

“आयो दशैं गरिबलाई रुवाउन”बोलको गीतलाई समाजको यथार्थ भोगाई र गरिब निमुखाहरुको पिंडालाई समेटेर प्रतिभावान सर्जक शम्भु नेपालले लय तथा शब्द सिर्जना गरेका छन् । उनले पनि यस अघि धेरै गीतहरुमा आफ्नो लय तथा शब्द सिर्जना भरिसकेका छन् । सर्जक शम्भुले हामी सम्पूर्ण कलाकारहरुले नेपाली मौलिक कला संस्कृतिको जगेर्नाका निमित्त आफ्नो कलम चलाउन पर्ने धारणा राख्दछन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोलाई राज तामाङ्ग, प्रिती तामाङ्ग, रामशरण ढकाल, साजन बलामी, शितल राना मगर र आदित्य चापागाईको जिबन्त अभिनयले पनि थप सुगन्ध प्रदान गरेको छ । गीतको म्युजिक भिडियोलाई निर्देशन मनोज खड्काले गरेका हुन् भने छायांकन रबिन बजगाई र सम्पादन प्रकाश एस.के ले गरेका छन् ।

गीतको अडियो तथा भिडियोको सर्वधिकार संगीत सरोबरसँग रहेको छ ।

 

 

https://www.youtube.com/watch?v=ksFL5Cuo4vE

 

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…