Sansar News- Nepal's Fast Khabar Online News Portal

घरबाट १५ सय डलर मगाएर अमेरिकाबाट देश फर्किएकी थिइन्, आस्था राउत

संसार न्यूज़
८ महिना पहिले
घरबाट १५ सय डलर मगाएर अमेरिकाबाट देश फर्किएकी थिइन्, आस्था राउत

चौवन्दीमा पटुकी बाध्याछैन भन्दैमा
पखेरुमा घाँस काट्न जान्या छैन भन्दैमा
मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ ?
म त नेपालको माया गर्ने छोरी
मलाई म जस्तै माया चाहिन्छ

सायद यो गीत नसुन्ने तपाई हामी मध्ये कमै मानिस हौला । सन् २०१३ मा रिलिज भएको यो गीत गाउँने गायिका थिइन् आस्था राउत । उनलाई यहि गीतले नेपाली संगीत क्षेत्रमा आस्था राउत भनेर चिनायो ।

उनै आस्था राउत एकबेला पढ्नका लागि अमेरिका पुगेकी थिइन् । अमेरिकामा कमाएर होइन कि, घरबाट परिवारले १५ सय डलर पठाइदिएपछि मात्र घर फर्कन पाएकी हुन् राउत ।

छोरी मान्छेका लागि नेपालमा भन्दा अमेरिकामा स्वतन्त्रता बढी हुने भन्ने सोचेर अमेरिका पढ्न गएकी राउत अमेरिका पुगेर होम सिकमा परेकी थिइन् । अमेरिका पुगेकी उनले त्यहाँ पुगेपछि मात्र परिवारको माया र आमाले पकाएर खान दिएको खुब सम्झिइन् । उनले आमाले जत्तिको माया अरु कसैले नगर्ने पनि विहिबारको नयाँपत्रिकासँग बताएकी छन् ।

अर्को कुरा उनलाई अमेरिका पुगेपछि नेपालबाट धेरैले फोन तथा म्यासेज गरेर तिमीजस्तो मान्छे नेपालमै बस्नुपर्छ भनेको बताएकी छन् ।

अमेरिकाबाट काठमाण्डौं फर्केकै अर्कैदिन आमालाई लिएर गीतकार सुरेश अधिकारीको घरमा पुगिन् उनी । त्यहाँ पुगेपछि पहिलोपटक आफ्ना लागि संगीतको क्षेत्र भन्दा अरु नरहेको महसुस गरेकी उनले सुरेश अधिकारी र आमाको अगाडि रुँदै संगीत क्षेत्रमा बाहेक अरु क्षेत्रमा केही सक्तिन् भनेर रोइन् । अनि शुरेश अधिकारीलाई भनिन्, ‘सुरेश अंकललाई छोरी चेली सम्बन्धी गीत बनाइदिनुस् भने । ममा माटोप्रतिकोआस्था पलाएको थियो । म जस्तो छु, मलाई त्यस्तै गीत बनाइदिनुस् भने ।’

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…