Sansar News- Nepal's Fast Khabar Online news portal

मिडियाका अनेक माध्यम, कानुन र प्रश्न गराइ

भिम उपाध्याय
३ दिन पहिले
मिडियाका अनेक माध्यम, कानुन र प्रश्न गराइ

विश्वभरि अडियो भिडियो र प्रिन्ट मिडिया पेपरलेस र अनलाईन हुदै गएका छन् । भिडीओ, अडियो, अनलाईन होस् कि प्रिन्ट, मिडिया भनेको उही नै हो–माध्यम र प्रविधि मात्र फरक हुन् । अनलाईन हुदैमा त्यसकोपोष्ट साईबर क्राईम हुने भन्ने हुनै सक्दैन । मिडिया अनलाईन वा अन्य माध्यम जे भए पनि फौजदारी क्राईम हुदैन । देवानी प्रकृतिको कसुरमा फौजदारी आरोप लगाउन सकिने वर्तमान साईबर ऐन त्रुटीपूर्ण त हुदै हो, यसबारे सरोकारवाला र अन्य परम्परागत मिडियाहरू पनि सोसल मिडिया र अनलाईनको डाहले चुप लाग्दा, अहिलेको यो अनलाईनको जमानामा परम्परागत मिडिया पनि अनलाईन नभै धरै नपाउने हुँदा, मार्केट र कमाई पनि अनलाईनकै बढी हुदै गइरहेको यो जमानामा आफै चंगुलमा फस्न पुगेका छन् । मिडिया जुनसुकै हुन्, चाहे परम्परागत चाहे अनलाईन, चाहे सोसल सबै उही हुन् । कसैलाई कुन कसैलाई कुन कानुन लाग्ने भन्ने होईन ।

कानुनको दुरूपयोग नहोस् भनेर सबै सचेष्ट हुनु भने पर्छ, नत्र मुलुकको फ्रेजाईल लोकतन्त्र नै सहिद हुन बेर लाग्दैन । साईबर ऐनमा रहेको मिडिया बारेको दफा खारेज गराउन मिडियाकर्मीहरू सर्वोच्च जानुपर्छ । लोकतन्त्र अरूले हैन सरकारी संयन्त्रको गलत प्रयोग र दुर्भावनाले नै श्मसानघाट पुग्छ, हेक्का रहोस् । यो मुलुकलाई लोकतन्त्र र प्रविधि बुझ्नै नसक्ने मुर्ख लठेब्रोहरू देश बन्न नदिउ । साईबर स्पेस के हो ? नबुझ्ने गवाँर ल–मेकर वा सांसदहरूको चाला देख्दा वाकवाकी लाग्न थाल्छ । नेपालका पुलिस, प्रशासन, अदालतको त के कुरा गर्नु र, गरिसाध्य भयो पो !

साईबर स्पेसमा लेख्दैमा फौजदारी अपराध हुन सक्दैन, हुन्छ भने जेमा लेख्दा पनि हुने हुन्छ । यो देवानी मुद्दा भने हुने हुन्छ ।

ल मेकरको सन्दर्भमा, असल योग्य सक्षम र सिर्जनसिल व्यक्तिलाई मात्र हामीले भोट हाल्ने भएको भए सबै दलले असल मान्छेलाई दलमा भित्राएर उम्मेदवार बनाउन हानथाप गर्ने थिए । तर हामी त्यसो गर्दैनौं, जुन पायो उही नेता वा दललाई भोट हालेर लोकतन्त्रिक हकको (दुरू–उपयोग गरी आफ्नो खुट्टामा आफै बन्चरो हानिरहन्छौं । गाली भने तिनलाई नै गरिरहन्छौं जसलाई हामीले नै मत दिएर जिताएका हुन्छौं । त्यति मात्र हैन पुन : पुन : तिनलाई नै जिताउदै गर्छौं ! यो लोकतान्त्रिक संस्कारको बिडम्बनाको पराकाष्टा हो !

अर्को तर्फ मिडिया वा अन्यत्र प्रश्न गर्नेहरू मध्ये ९९ प्रतिशतले प्रश्न गर्न जानेकै हुदैनन् । प्रश्न गर्नु भनेको कुनै कुराको गहिराईमा खोज गर्नु वा ज्ञान हासिल गर्ने अभिलाषा हो । सही प्रश्न नै आधा समाधान हो ।

तर , अधिकाँश कथित प्रश्नकर्ताहरू जान्नका लागि हैन कि कमेन्ट गर्ने उद्देश्यले वा आफू जान्ने हुँ भनेर प्रदर्शन गर्न वा व्यक्तिलाई उल्याउनका निम्ति त्यसो गर्ने गर्छन् । तिनको मनमा बेईमानी लुकेको हुन्छ । कमेन्ट गर्नु छ भने कमेन्ट नै गर्नुपर्छ, प्रश्न हैन ।
त्यसैले, त्यस्ता प्रश्नकर्तालाई सोही बमोजिमको व्यवहार गर्नुपर्छ र सबक पनि सिकाउनुपर्छ ताकि उसले बुझोस्, उसले प्रश्न सोधेको हो कि कमेन्ट गरेको हो !

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…