त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अब अति विशिष्ट ६ भिआइपीका गाडी मात्र आन्तरिक उडानतर्फ जान पाउने व्यवस्था कार्यान्व्यनमा आएको छ ।
नागरिक उडड्यन प्राधिकरण त्रिभुवन विमानस्थल नागरिक उड्डयन सानो गौचरले आज एक सूचना जारी गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा सोहि मर्यादाका विदेशी समकक्षीलाई समेत सुरक्षा खानतलासीबाट छुट हुने व्यवस्था रहेको बताइएको छ ।
नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट यहि भदौ ९ गते सार्वजनिक गरिएको १४१ बुँदे कार्ययोजनाको बुँदा नं ६६ मा आन्तरिक उडानतर्फ यी ६ भिआइपी सवारी साधनसहित विमान नजिक जान पाउने व्यवस्था गर्ने’ भन्ने उल्लेख रहेको तथा राष्ट्रिय नागरिक उड्डयन सुरक्षा कार्यक्रमको Appendix 9 अन्तर्गत पनि सोहि व्यवस्था रहेको बताइएको छ ।
उक्त सूचनामा अन्य विशिष्टहरुको हकमा भने वायु सेवाले उपलब्ध गराउने सवारी साधनबाटै जहाजसम्म जाने आउने व्यवस्था मिलाइएको बताइएको छ ।