Sansar News- Nepal's Fast Khabar Online news portal

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

संसार न्यूज़
३ दिन पहिले
सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

२६ भदौ, काठमाडौँ । रौतहट, महोत्तरी, पर्सा र सुनसरीको छुट्टाछट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

रौतहटको ,चन्द्रपुर नगरपालिका- २ जुडिबेलास्थित सडकमा ट्याम्पोले ठक्कर दिँदा १ जनाको मृत्यु भएको  हो ।

ना.१ ह ९९३० नम्बरको ट्याम्पोल ठक्कर दिँदा बुधबार साँझ गम्भीर घाइते भएका सोही ठाउँ बस्ने साईकलयात्री सानुराम चौधरीको चपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो  । हाल फरार ट्याम्पो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी महोत्तरी, मठियानी नगरपालिका -२ स्थित सडकमा ज.१ ह २८०७नम्बरको ट्याम्पोले बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते पैदल यात्री छिवन यादवको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनमा घाइते भएका संजय साहको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याम्पो नियन्त्रणमा लिई हाल फरारचालकको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

त्यस्तै पर्सा, जगरनाथपुर गाउँपालिका- १ पिडारी का जादो लाल रामको छोरा ४ वर्षीय छोरा रितेश रामको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट बुधबार साँझ मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका रितेशको उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ  ।

यसैबीच सुनसरी, भोक्राहा नर्सिंङ गाउँपालिका- ५ जनता चोकमाहाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा अभिनाश चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका रौतहट चन्द्रपुर नगरपालिका १० का चौधरीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने सवारीसाधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…