Sansar News- Nepal's Fast Khabar Online news portal

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति ३३५ जनाको हुने, यी हुन् अन्य महत्वपूर्ण निर्णयहरु

संसार न्यूज़
१ हप्ता पहिले
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति ३३५ जनाको हुने, यी हुन् अन्य महत्वपूर्ण निर्णयहरु

२६ भदौ, काठमाण्डौ । राष्ट्रिय युवा संघ नेपालको ३३५ सदस्यीय केन्द्रीय समिति हुने भएको छ ।  वाइसियल नेपाल र युवासंघ नेपालबीच भएको कार्यगत एकतापछि बनेको राष्ट्रि युवा संघ नेपालको संगठनात्मक एकता प्रक्रियाका लागि बसेको बैठकले संघको केन्द्रीय समिति ३३५ सदस्यीय बनाउनका लागि पार्टीसँग माग गरिएको बताएको छ ।

यहि भदौ २५ गते संगठनका ईन्चार्ज महेश बस्नेत, सहइन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दीपशीखा’ तथा रमेश पौडेलको उपस्थितिमा बसेको उक्त बैठकले सो माग गर्दै विभिन्न निर्णय समेत गरेको छ ।

संघले ४ सदस्य पछि मनोनित गर्ने गरी ३३१ मध्ये साविक युवा संघ नेपालबाट १७६ र साविक वाइसियल नेपालबाट १५५ सदस्य चयन गरिने निर्णय समेत गरेको छ ।

त्यस्तै निर्णय नम्बर २ मा केन्द्रीय समितिको एक तिहाइ हुन आउने १११ सदस्यीय सचिवालयमा साविक वाइसियल नेपालबाट ५२ र साविक युवासंघबाट ५७ सदस्य चयन गरिने बताइएको छ ।

उक्त निर्णयको तेश्रो नम्बरमा केन्द्रीय कार्यालयको ९ सदस्यका लागि युवासंघ नेपालबाट ५ र वाइसियल नेपालबाट ४ सदस्य चयन गरिनेछ ।
संघको केन्द्रीय कार्यालय पेरिस डाँडामा रहने बताउँदै संघले यसअघि प्रस्तावित मस्यौदा विधान यो निर्णय समावेश गरी पारित गरिएको समेत बताइएको छ ।

त्यसैगरी संघको प्रदेश नं ७ र ३ मा साविक वाइसियल नेपाल र ४ मा साविक युवासंघ नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने पनि निर्णय नम्बर ६ मा बताइएको छ ।

त्यस्तै निर्णय नम्बर ७ मा ७७ जिल्लामध्ये ४२ जिल्लमा साविक युवासंघ नेपालले तथा ३५ जिल्लामा साविक वाइसियल नेपालले संगठनात्मक नेतृत्व लिने बताइएको छ ।

संघले एकता प्रक्रियालाई शिघ्र टुंग्याउन यहि भदौ २७ गते साविक पदाधिकारीको संयुक्त बैठक, कार्यालय उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको समेत बताइएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…