back

एनआरएनए चीनको अध्यक्षमा प्रदीप न्यौपाने

वि.सं.२०७६ भदौ २६ बिहीवार

138 

shares
NTC AD
Global IME AD

२६ भदौ, चीन ।  नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) चीनको अध्यक्षमा प्रदीप न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

सेप्टेम्बर ७ मा चीनको क्वाङचौमा सम्पन्न परिषद्को छैठौं अधिबेशनले न्यौपानेको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको हो । जसको उपाध्यक्षद्धयमा सुशील बेल्बासे, खुश्वु अर्याल, महासचिवमा यमबहादुर क्षेत्री (ओम), सचिवद्धयमा तीर्थ पौड्याल, मुकेश श्रेष्ठ, कोषाध्यक्षमा रन्जिता आचार्य, सहकोषाध्यक्षमा बलराम तामाङ (लामा), महिला संयोजकमा सविता बर्तौला र युवासंयोजकमा सुरज न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै परिषद्को सदस्यहरूमा तुलसी न्यौपाने, संदीप खनाल, यादव अर्याल, विजयकुमार श्रेष्ठ, विशाल श्रेष्ठ, मिर्जा राशिद वेग, मोहन मैनाली, नवराज तिमल्सिना र प्रदीप सिंह रहेका छन् ।

संघको आइसिसि सदस्यमा नविन बि.क निर्वाचित भएका छन् भने उक्त महाधिबेशनले अमृता थापा ( कन्चन) लाई एसिया प्रशान्त क्षेत्रको सहसंयोजकमा उम्मेदवारी दिन पठाउने निर्णय गरेको समेत बताइएको छ ।

अधिबेशनमा बेइजिङ नेपाली दूतावासका मिनिस्टर एवं डुेपुटी चिफ अफ मिशन सुशील कुमार लम्साल, महावाणिज्यदूतावास हङकङका महावाणिज्यदूत कुन्ज शाह, एनआरएनए हङकङकी अध्यक्ष टिका गुरुङलगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ भदौ २६ बिहीवार १६:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...