Sansar News- Nepal's Fast Khabar Online news portal

सिस्नोको पाउडर बनाएर आत्मनिर्भर बन्दै भीमफेदीका स्थानीय

– रिपेश दाहाल
१ हप्ता पहिले
सिस्नोको पाउडर बनाएर आत्मनिर्भर बन्दै भीमफेदीका स्थानीय

२७ भदौ, हेटौँडा । स्भीमफेदी गाउँपालिकाका स्थानीयहरुले बारीको कान्ला तथा वनजङ्गलमा खेर गइरहेको सिस्नोको सदुपयोग गर्दै पाउडर बनाएर बिक्री वितरण गरेर आम्दानी गर्न थालेका छन् ।
बाँदरले अन्नबाली, फलफूल तथा तरकारी बालीसमेत खाएर हैरान भएका किसान बारीका कान्ला तथा वनजङ्गलमा खेर गइरहेकोे सिस्नोको पाउडर बनाएर महङ्गो मूल्यमा बेचेर आम्दानी गरिरहेको गाउँपालिका–६ का अध्यक्ष जाहरसिंह लामाले जानकारी दिए ।
केही स्थानीयले सिस्नोको पाउडर उत्पादन गरेर विभिन्न देशहरुमा प्रतिकेजी रु ७०० सम्ममा निर्यात गरिरहेको र स्वदेशका विभिन्न शहरहरु र तारे हाटलमा समेत प्रतिकेजी रु ५०० सम्ममा बिक्री गरिरहेको अध्यक्ष लामाले बताए । वडाले अन्नबालीको विकल्पको रूपमा सिस्नो र टिम्मुर खेतीलाई प्रवद्र्धन गर्न प्रयास गरिरहेको वडाध्यक्ष लामाको भनाइ छ । एक घण्टामा दुई डोको सिस्नोको मुन्टा टिप्न सकिने र दुई डोको सिस्नुको एक किलो धुलो बनिने अनि एक किलो सिस्नोको धुलो पाउडर प्रतिकेजी रु ५०० देखि ७०० सम्ममा बिक्री हुने भएपछि स्थानीय यसतर्फ आकर्षित भएका हुन् ।

विभिन्न मुलुक र नेपालमै पनि सिस्नुको पाउडरको माग अत्यधिक रहेकाले सिस्नोलाई बालीकै रूपमा खेती गरेर किसानको आम्दानीको स्रोत बढाउने कार्यक्रम थालेको वडाध्यक्ष लामाले बताए । हाल कतिपय किसानले ओखलमा पिनेर धुलो बनाउने गरेको भए पनि उत्पादन वृद्धि गर्न र लागत खर्च घटाउन गाउँपालिकाले वडामा चार समूह बनाएर सिस्नोको पाउडर बनाउने मेशीन वितरण गरेको अध्यक्ष लामाको भनाइ छ ।
सिस्नोको मुन्टा टिपेर प्रत्यक्षरूपमा घाम नपर्ने गरी केही दिन सुकाएर अख्र्याएपछि मेशीनमा वा ओखलमा पिनेर पाउडर बनाउन मिल्ने बताउछन् सिस्नोको पाउडर बनाउने तालीम दिँदै आएकी विमला विश्वकर्मा । वडा सदस्यसमेत रहेकी विश्वकर्माका अनुसार खुल्ला आकाशमा प्रत्यक्ष घाम पर्ने गरी सुकाउँदा सिस्नोको हरियोपना र औषधीय गुण नष्ट हुनुका साथै धुलो पर्न सक्ने हुँदा सिस्नोलाई खुल्ला आकाशमा सुकाउनुहुँदैन ।
सिस्नो औषधीय गुणले भरिपूर्ण भएको कारण धेरै व्यक्तिहरुले यसको सेवन गर्ने गरेको बताउछन् त्रिभुवन विश्वविद्यालय वन विज्ञान क्याम्पसका प्राध्यापक कृष्णप्रसाद दाहाल । वनजङ्गल वन्यजन्तु तथा वातावरण विज्ञ प्राध्यापक दाहालका अनुसार मुन्टा टिप्दा वा फेर्दै लगाएर काट्दासमेत सिस्नो मासिदैन झन मौलाएर आउँछ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ १ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…