Sansar News- Nepal's Fast Khabar Online News Portal

धौलागिरीका एनआरएन प्रतिनिधीलाई काठमाण्डौंमा स्वागत गरिने

संसार न्यूज़
५ महिना पहिले
धौलागिरीका एनआरएन प्रतिनिधीलाई काठमाण्डौंमा स्वागत गरिने

चिरन शर्मा,लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनको नवौँ विश्व सम्मेलनको पूर्व सन्ध्यामा नेपालको तत्कालिन धौलागिरी अञ्चलबाट विश्वका विभिन्न देशमा पुगी बसोबास गरिरहनुभएका एनआरएनए प्रतिनिधीलाई काठमाणडौंमा विशेष स्वागत कार्यक्रमको आयोजना गरिने भएको छ ।

अक्टोवर १५ देखी १७ सम्म हुने विश्वसम्मेलनमा आउन लागेका प्रतिनिधीहरु बीच अन्तरकृयात गर्न तथा धौलागिरी क्षेत्रमा रहेका पर्यटन क्षेत्र र लगानीको विषयमा जानकारी समेत दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिन लागिएको कार्यक्रम संयोजक तथा धौलागिरी पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष खिमानन्द कंडेलले जानकारी दिए ।

सो कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारी रहने आयोजकले जनाएको छ । कार्यक्रममा बाग्लुगं, म्याग्दी, पर्वत, म्याग्दी, मुस्तागं जिल्लाबाट प्रतिनिधीत्व गर्ने जनप्रतिनिधीहरुको समेत सहभागिता रहने बताएको छ।

कार्यक्रमले गैरआवासीय नेपालीहरु र धौलागिरीबासीबीचको समधुर सम्बन्ध विस्तारका लागि समेत यो कार्यक्रम कोसेढुंगा सावित हुने आयोजकको अपेक्षा रहेको छ । कार्यक्रममा अक्टोवर १२ तारिख विहान ११ बजे देखी १ बजे सम्म काठमाण्डौंमा आयोजना हुन लागेको हो ।

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…