Sansar News- Nepal's Fast Khabar Online News Portal

तपाई शनिबार जन्मनु भएको हो, के भन्छ त तपाईको जन्म बारे ज्योतिष विज्ञान ?

संसार न्यूज़
११ महिना पहिले
तपाई शनिबार जन्मनु भएको हो, के भन्छ त तपाईको जन्म बारे ज्योतिष विज्ञान ?

शनिबार साताको अन्तिम दिन । शनिवार जन्मलिने व्यक्तिहरुका लागि विशेष गरेर इन्जिनियर पेशा फलदायी हुन्छ । शनिबार जन्मिएका मानिसहरु रुख रोप्न तथा रुखको रेखदेख गर्न मन पराउँछन् ।

उनीहरुका लागि व्यापार तथा विजनेशको क्षेत्र फलदायी हुन्छ । जीवनमा धेरै समस्या आए पनि समस्या समाधान गर्ने क्षमता उनीहरुमा हुन्छ । क्षमतासहित अगाडि बढ्दा परिवारमा दाजुभाइ, आमाबुवाबाट सहयोग पाउँछन् । साथै उनीहरुलाई २०–२५ र ४५ वर्षको उमेरमा विभिन्न समस्याको सामना गर्न पर्ने हुन्छ । तर, समस्या समाधान गरेर अगाडि बढ्ने क्षमता उनीहरुमा हुन्छ ।

त्यस्तै जो महिलाको शनिबार जन्म हुन्छ । उनीहरु प्राय दुब्ला हुन्छन् । तर, उनीहरु बुद्धिमान हुन्छन् । उनीहरु आफ्नो शौन्दर्यताले अरुलाई आफूप्रति आकर्षण गर्छन् । उनीहरु सधै अरुको समस्या देखेर दुःखी हुन्छन् । अरुको दुःखमा उनीहरु आफ्नो दुःख बिर्सेर सहयोग गर्दछन् । अरुको दुःख आफ्नो दुःख ठान्ने उनीहरुको स्वभाव हुन्छ । शनिबार जन्मने महिलाहरु कहिलेकाँही अरुको नराम्रो पनि सोच्छन् । उनीहरुमा शनिको कृपा पर्ने हुनाले उनीहरु नचाहाँदै नचाहदै पनि नसोचेको सफलता प्राप्त गर्छन् । शनिबार भगवान शनिको पूजा गर्नुका साथै गाईलाई रोटि खुवाएमा राम्रो हुन्छ ।

त्यस्तै शनिबार जन्मने मानिसहरुको स्वस्थ्य राम्रो हुन्छ । तर, कहिलेकाँही उनीहरु जन्मदै रोग लिएर पनि जन्मिएका हुन्छन् । अरुलाई सहयोग गर्न सदैव तत्पर हुने उनीहरुको मन सफा हुन्छ । अरुको बाध्यताको फाइदा उठाउँदैनन् । तर, उनीहरुको बाध्यताको अरुले फाइदा उठाउँछन् ।

जीवनमा धेरै ठूला कामहरु गर्न खोज्छन् उनीहरु । तर विभिन्न समस्याले उनीहरुलाई रोकेको हुन्छ । शनिबार जन्मिएका मानिसहरु अरुलाई धेरै विश्वास गर्छन् । कसैमाथि विस्वास गर्यो भने जीवन अर्र्पण गर्नमा पनि पछि पर्दैनन् । उनीहरु स्वभावलै लजालु हुन्छन् । जीवनमा कुनै ठूलो कामगर्ने उद्धेश्यले उनीहरुको जन्म भएको हुन्छ । मन्दिरको निर्माण, भवन निर्माणलगायतका सामाजिक काममा उनीहरु बढी लाग्छन् ।

यदि शनि विपरीत दिशामा छन् भने उनीहरुमा नराम्रो कामको प्रभाव हुन्छ । उनीहरुको मन सफा हुन्छ । नरम स्वभावका हुन्छन् । उनीहरु ठूलो पदमा पुग्छन् । बाहिर हाँसो देखाएपनि भित्र रुन्छन् । तर, अरुलाई कहिल्यै पनि आफ्नो बारेमा बताउँदैनन् ।

शनिबार जन्मिएका मानिसहरु कसैका लागि आर्दश पनि बन्न सक्छन् । उनीहरु मिठो खानपानको शौकिन हुन्छन् । सफा सुघ्घर हुन्छन् । राम्रो सोच हुन्छ । जीवनमा अगाडि बढ्ने चाहना उनीहरुमा हुन्छ ।

यदि तपाई शनिबार जन्मनु भएको हो र जीवनमा समस्या आइपरेको अथवा जे गर्दा पनि जीवनमा अगाडि बढ्न सकिएको छैन भने यस्तो संकटबाट बच्नका लागि कालो कपडाको दान, कालो रंगको खानेकुराको दान (जस्तै ब्लाकबेरी, जामुन, कालो अंगुर) गर्दा राम्रो हुन्छ । हनुमानको प्रार्थना गर्दा पनि राम्रो हुन्छ । साथै फलामको दान (कुनै धार्मिक संस्थामा पंखा लगायतका फलामको सामानको दान । शनि चालिसा पढ्नु पनि राम्रो हुन्छ । साथै शनिबारको दिन कालो रंगको घडी, कालो टाक भएको शर्ट लगाउँदा राम्रो हुन्छ ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प २ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई २ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…