Sansar News- Nepal's Fast Khabar Online News Portal

निवन्ध : ‘म’

अशोककुमार शिवा
८ महिना पहिले
निवन्ध : ‘म’

‘म’ देवनागरी वर्णमालामा पच्चिसौं वर्णको रुपमा छ । ‘म’ मेरो पहिलो महत्वमा छ । ‘म’ मेरो मनग्गे नजिक मनस्थितीमा छ । ‘म’ छ त्यसैले म छु । ‘म’ नभएको भए म कसरी हुने थिएँ । मेरो ‘म’ मइमत्त भएर मस्त ममा राजगरेर बसेको छ । ‘म’ मस्त हुँदा मस्त हुन्छ, मन्द हुँदा मन्द । मेरो ‘म’ कहिले कहिले अनाहक मग्न भएर मनचाही मगज चलाउँने गर्छ । मेरो ‘म’ मृगतृष्णामा मृदंङ्गवादन गर्दै मचक मचक कुनै मतवाला नाचे झै मचमची लागुन्जेल मज्जाले नाच्नेगर्छ ।

मेरो ‘म’ मट्यौलो जग्गामा मनग्गे मल हालेर छरेको मकै जस्तो मसक्क परेको छ । मेरो ‘म’ कतै आमन्त्रणा पाएर मङ्गलाचरण माझ भाग लिन आतुर भएझै मुडमा मेघकालको मेघपुञ्ज झै मडारि रहन्छ । ‘म’ लार्ई मन परेको कुरा भए मधुपानको मौरी झै विनाकुनै मनमुटाव मस्त रहन्छ । न कुनै मतान्तर, न कुनै मतिहीन, सधै मतैक्य भएर रहेको हुन्छ । ‘म’ खै किन हो कुन्नी मेरो मुखिञ्जेल महत्वाकांक्षी मद्धतगार बन्न खोज्दछ । मर्मस्पर्सी मन्त्रणा र मनछुने मार्गदर्शन समेत ‘म’ ले मलाई दिनेगर्छ । सायद ‘म’ ले मलाई मन दुखाउनु उचित मान्दैन ।

मानिसहरु मरुभुमीमा मनलाग्दी उम्रेका क्याक्टस जस्ता लामा तिखा काँडा भएका मत्लवी हुन्छन भन्छ ‘म’ । मुखमा मुकुण्डो भिरेर राख्छन रे । आफुलाई चाहिँदा मनछुने खालको फुल फुलिदिन्छ रे । नचाहिँदा तिखो काँडाले मर्कापर्ने गरी घोचिदिने गर्छन रे अनि लामो दाह्रा भएको मुकुण्डो देखाएर तर्साउँछन रे । मेरो ‘म’ सधै मोम जस्तै मलिम मिजासिलो मुडमा रहन्छु भन्छ । मिथ्या मिमांसाको जरुरत छैन रे ‘म’ लाई । मेहनत मुताविक मुखिञ्जेल केही मुल्यको माग गर्नु ‘म’ को मोह हुनेगर्छ । किनकी ‘म’ मामुली र मितव्ययी कुरामा मनग्गे विस्वास गर्दछ । ‘म’ मेधावी छ । मूल्यहीन मृगतृष्णा ‘म’ मा छैन । ‘म’ लाई कुनै कुराको मोह छैन सिवाय मग्न मनमौज ।

‘म’ मिजासिलो मृदुभाषी भएर पनि मृगेन्द्र (सिंह) झै चतुर छ । ‘म’ लाई कसैको मेखमार्नु छैन । त्यसैले उ मस्त सुतिरहन्छ । न त कसैसंग कुनै कुरा मिनाहा नै माग्नुछ । ‘म’ मापाको ममताहीन मानवी(स्त्री) को स्वभाव जस्तो मिचाहा छैन । जो सधै मौकापरस्त हुने गर्छे । आफ्नो मुड मुताविक मसक्कत गर्ने गर्छे । मोड, मौका, आवस्यकतामा मौन एवम् मौसमी मुद्रा ‘म’ मा छैन । ‘म’ लाई मर्मभेदी कुराले कसैलाई मारहान्नु पनि छैन । न त अनावस्यक मल्खुले मल्खाडी भर्नु नै छ । मेरो ‘म’ मपाईँमा भन्दा मान मर्यादा र अनुमिलनमा विस्वास गर्छ । माछो जस्तो चिप्ला,े मखन जस्तो चिल्लो, मकल जस्तो रापिलो, मट्याङ्ग्रो जस्तो अरठ्ठो भएर कसैको मर्दन गर्नु पनि छैन रे ‘म’ लाई ।
गल्कोपाखा, काठमाण्डौं ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ५ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ३ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…