back

लघुकथा : खुत्रुके र कात्रोको साइनो

वि.सं.२०७६ भदौ २८ शनिवार

156 

shares
NTC AD
Global IME AD

हिउँदको चिसो सिरेटो चलिरहेको समयमा रामदयाल एकाबिहानै महाजन ठाकुर यादवका घरमा पुगेर नमस्कारको हात मात्र के उठाएको थियो । मुखबाट पानको रस पिच्च थुक्तै समहाजन कड्कियो ।

‘घरधन्दा सघाउन राखेकी तेरी छोरी एकहप्ता देखि आएकी छैन कहाँ मरी ?’

रामदयाल एकछिन् त चुपलाग्यो । उ विवश थियो । नभनेर धरै थिएन ।

उ भन्न थाल्यो ! ‘मालिक : छोरी सारै बिरामी छ । तीनदिन अघाडी हेल्थपोष्ट पुर्याएर ल्याँए । सदरमुकाम ठूलो डाक्टरलाई जँचाउन तुरुन्त लानु भनेकोछ । झारफुक पनि गराएँ । सुधार आएन । पाँच हजार रुपियाँ ऋण दिनु न .रातदिन मजदुरी गरेर भए पनि व्याज सहित तिर्छु ।’
अँ हँ ! आँसु र याचनाले ठाकुरको मन पटक्कै पग्लिएन ।

रामदयाल किंकर्तव्यविमूढ भारी पइताला रित्तैहात करिब दुई किलोमिटर टाढा रहेको आफ्नू घरतिर फर्क्यो ।
उसका मनमा अनेक कुरा खेलिरहेका थिए !

‘सहकारीतिर सेयर हाल्न सकिन,समूहको ऋण तिर्न बाँकी नै छ । बिक्री गर्ने जायजेथा केही छैन । छाक टार्नै जीवनभर धौ धौ भयो । अब कुन पैसाले उपचार गराएर छोरी बचाउँ ।’

हिजोमात्र एक्ली छोरीको चौधौं जन्मदिन खुशीले सम्झिएको थियो ।

घरपुग्ना साथ छोरी भएको बिछ्यौना तिर लम्क्यो । फूलवा छोरीकै छेउमा थिइन् ।

छोरीलाई बोलायो । ‘छोरी कस्तो छ ?’

निधार छाम्यो ,भत्भती हातैपोल्ने ज्वरो छ । छाती धड्किएको छ । उ आत्तियो ।

छोरी अचेत अवस्थामेै मुस्किलले भन्दै थिई ! ‘बाबु मलाई ठूलो डाक्टर कहाँ लगेर बचाउँनु न । मलाई बाँच्न रहर छ । म सबै ऋण तिर्छु ।’

रामदयालले अकस्मात फूलवाको खुत्रुके सम्झियो । उता छोरीका आँखा मलिन हुँदै गए, बोली मन्दहुँदै गयो । बाबुको काखलाई सिरानी बनाएको शरीर लत्रक्क लत्रियो ।

रामदयाल विवशता र करुणाका आँसुको समुद्रमा डुब्यो । छेउमा अर्धचेतन अवस्थाकी फुलवालाई हेर्यो । छरछिमेक आफन्त जम्मा हुँन थाले । मुटुमा गाँठो पारेर छोरीको मृत शरीर आँगनमा निकाल्यो ।

जम्मा हुँदै गएको भीडका चारैतर्फ पटकपटक नियाल्यो । केही सुझेन ।

सटासट घरभित्र पस्यो । फूलवाले जतनसाथ राखेको माटाको खुत्रुके एकपटक सुम्सुम्यायो, कमेजको फेरले आँसु पुछ्यो र अरु विकल्प नदेखी खुत्रुके फुटायो ।

‘छोरीको बिहेलाई थप्थाप हुन्छ । खुत्रुकेमा यसो दुई चार पैसा जम्मा गर्नुपर्छ है……।’

खुत्रुके किनेर ल्याएका दिन फुलवाले भनेको आवाज रामदयालको कानमा गुञ्जिरह्यो ।

जम्मा सातशय सतासी रुपियाँ रहेछ । बाहिर आएर कसैलाई कात्रो किन्न बजार पठायो । बेहुलीको रातो पहिरन झलक्क सम्झियो ।
अनि : छोरीलाई छातीमा टाँसेर रोइरह्यो….भक्कानिरह्यो ।

वि.सं.२०७६ भदौ २८ शनिवार ०८:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...