back

हजारौँ बालबालिका विद्यालयबाहिर छन् ः मुख्यमन्त्री पौडेल

वि.सं.२०७६ भदौ २९ आइतवार

168 

shares
NTC AD
Global IME AD

२९ भदौ, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अझै पनि हजारौँ बालबालिका विद्यालयबाहिर रहेका र तिनले जोखिमयुक्त श्रम गर्न बाध्य हुनु परेको बताएका छन ।
राष्ट्रिय बाल दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले उनीहरुलाई त्यस अवस्थाबाट बाहिर ल्याउन प्रदेश सरकार ठोस नीति तथा कार्यक्रमसहित अघि बढ्न लागेको बताए ।
‘सुनिश्चित बाल अधिकार ः समृद्ध नेपालको आधार’ भन्ने नारा साथ मनाउन लागिएको बाल दिवस, २०७६ का अवसरमा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, श्रमशोषण र दुव्र्यवहार अन्त्य गर्दै उनीहरुको सर्वाङ्गीण विकासका लागि सबै सचेत र जागरुक रहनुपर्ने जारी सन्देशमा उल्लेख थियो ।
विद्यालय भर्ना अभियान, अनाथ एवम् असहाय बालबालिको अभिभावकत्व ग्रहण, माध्यमिक तहसम्म निःशुल्क एवम् अनिवार्य शिक्षा, विद्यालय खाजा तथा अभिभावक प्रोत्साहनलगायत कार्यक्रममार्फत बालअधिकार सुनिश्चित गर्ने प्रयासमा नागरिक समाज, राजनीतिक दल, सङ्घसंस्था सबैको हातेमालो जरुरी रहेको मुख्यमन्त्री पौडेलको भनाइ थियो । (रासस)

वि.सं.२०७६ भदौ २९ आइतवार १५:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार...

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि...

 शुक्रबार बन्द हुँदै मनकामना केबलकार

 शुक्रबार बन्द हुँदै मनकामना केबलकार

नारायणगढ (चितवन) । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि...

राष्ट्रियसभा सदस्यमा शाक्य मनोनीत

राष्ट्रियसभा सदस्यमा शाक्य मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई...

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’ : अर्थमन्त्री पुन

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’ : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा...

तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाइँदै

तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाइँदै

काभ्रेपलाञ्चोक । विकट क्षेत्रमा सूचीकृत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई...