Sansar News- Nepal's Fast Khabar Online News Portal

अधिकृत उपाध्याय र शर्मा पक्राउ

संसार न्यूज़
१ महिना पहिले
अधिकृत उपाध्याय र शर्मा पक्राउ

२९ भाद्र, काठमाडौँ । स्वास्थ्य कार्यालय म्याग्दीमा हे.अ. अधिकृत छैठौं पदमा कार्यरत भरत प्रसाद उपाध्याय र प.हे.न. राधिका देवी शर्मा पक्राउ परेका छन् ।

स्वास्थ कार्यालय म्याग्दीमा कार्यरत उपाध्याय र शर्माले स्वास्थ्य कार्यालय म्याग्दीबाट कार्यदेश लिई विभिन्न कार्यक्रम सञ्चालन गरी पेश्की फछर्यौट गर्ने क्रममा नक्कली बिल भरपाई पेश गरी पेश्की फछर्यौट गर्न दवाव दिएको, निजहरूले सञ्चालन गरेका कार्यक्रमहरू कार्यादेशअनुसार सञ्चालन नभएको तथा असम्वन्धित व्यक्तिहरूलाई दैनिक भ्रमणभत्ता वितरण गरी गैरकानूनी लाभ लिई सरकारी सम्पत्तिको हानिनोक्सानी गरेको भन्ने उजुरी आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा शर्माले स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न भनी पेश्की रकम ४ लाख विभिन्न शीर्षकमा खर्च गरी बाँकी २ लाख ३० हजार २ सय अर्का आरोपी उपाध्यायले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्न भनी लिएको पेश्की रकम ९ लाख मध्ये ४ लाख ७१ हजार ७ सय बढि विभिन्न शीर्षकमा खर्च गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य प्रमाणित हुन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…