Sansar News- Nepal's Fast Khabar Online News Portal

एएफसी फुटबल ः नेपालले कुवेतसँग खेल्ने

संसार न्यूज़
८ महिना पहिले
एएफसी फुटबल ः नेपालले कुवेतसँग खेल्ने

३० भदौ, काठमाण्डौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्रा्ष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।
साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो । नेपाली टोलीले शुरुआतमा कमजोर खेल प्रदर्शन गरेको थियो । भदौ २८ गते पहिलो खेलमा नेपाल आयोजक जोर्डनसँग ७–० गोलले पराजित भएको थियो । कुवेतले पहिलो खेलमा श्रीलङ्कालाई २–० गोलले हराएको थियो ।
सन् २०२० मा आयोजना हुने एएफसी यू–१६ काठमाडौँ, ३० भदौ च्याम्पियनसिपअन्तर्गत नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा आयोजक जोर्डनसहित कुवेत, ताजकिस्तान र श्रीलङ्का छन् । प्रतियोगितामा तीन अङ्कसहित जोर्डन शीर्ष स्थानमा छ । समान तीन अङ्कसहित कुवेत गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । अङ्कबिहिन ताजकिस्तान, श्रीलङ्का र नेपाल क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोली दोस्रो चरणका लागि छनोट हुनेछ । विभिन्न समूहमा विभाजित उक्त छनोट खेलमा ४८ राष्ट्र सहभागी छन् । (रासस)

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…