Sansar News- Nepal's Fast Khabar Online News Portal

रिलायबलको अभिकर्ता अभिमुखिकरण बुटवलमा सम्पन्न

संसार न्यूज़
१ महिना पहिले

३० भदौ, बुटवल । रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडले अभिकर्ता अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

क्षेत्रीय प्रवन्धक सुरेन्द्र थापाको विशेष प्रशिक्षणमा संस्थाले शनिबार बुटवलमा कार्यक्रम सम्पन्न गरेको हो ।

प्रशिक्षण कार्यक्रममा प्रदेश नं ४ का क्षेत्रीय प्रवन्धक सरोज अधिकारी, भूमही शाखाका शाखा प्रवन्धक कुशराज खनाल, भैरहवा शाखाका शाखा प्रवन्धक गणेश गैरेले पनि अभिकर्तालाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा ४ सय भन्दा बढी अभिकर्ताहरुलाई बिहान ११ बजेदेख ४ बजेसम्म प्रशिक्षण दिइएको थियो । बिमा के का लागि , र कहिले गर्ने ? कस्तो अवस्थामा ,कस-कसले गर्ने लगायतका विषयमा अभिकर्तालाई विशेष प्रशिक्षण दिइएको बताइएको छ ।

त्यस्तै रिलायबल नेपाल लाईफईन्स्योरेन्समा बिमा गर्दाका फाइदाका बारेमा पनि प्रष्ट्रयाईको थियो ।

यसैगरी कार्यक्रममा क्षेत्रीय प्रवन्धक सुरेन्द्र थापाले संस्थाले दिने सेवा सुविधा लगायत अतिरिक्त लाभहरु लिन सक्ने अवस्थाका बारेमा बताएका थिए ।

त्यस्तै प्रदेश नम्बर ५ मा १४ वटा शाखा कार्यालयहरु स्थापना गरिसकेको रिलायबल नेपाल लाईफईन्स्योरेन्सले प्रदेश नं ५ मै चार वटा शाखा कार्यालयहरु छिट्टै सञ्चालनमा ल्याउने पनि बताइएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…