Sansar News- Nepal's Fast Khabar Online News Portal

एक वर्षमा दुई करोड राजश्व सङ्कलन

संसार न्यूज़
८ महिना पहिले
एक वर्षमा दुई करोड राजश्व सङ्कलन

३० भाद्र, पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले एक वर्षको अवधिमा रु दुई करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

राहदानी बनाएर मात्रै आव ०७५/७६ मा रु एक करोड ९५ लाख ९५ हजार राजश्व रकम सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए ।

साधारण सिफारिसतर्फ एक हजार १४० महिला र दुई हजार २२९ पुरुष गरी जम्मा तीन हजार ३६९ ले राहदानी बनाएका छन् । यसमा द्रुत सिफारिस तर्फ महिलाले ५११ र पुरुषले दुई हजार २२९ गरी जम्मा तीन हजार ३६९ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै हराएको बिग्रिएको २७५ जनाको रहेको थियो ।

यस्तै प्रशासनिक दण्ड जरिवाना बापत पाँच लाख ७५ हजार ९१८, संस्था दर्ता तथा नवीकरणबाट दुई लाख नौ हजार ७००, हातहतियार नवीकरण तथा नामसारीबाट ५७ हजार, आकस्मिक लाभकरबाट चार हजार ३६३ गरी कूल रु दुई करोड चार लाख ७५ हजार ७६६ राजश्व सङ्कलन भएको छ । (रासस)

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…