Sansar News- Nepal's Fast Khabar Online News Portal

किन थुपारेर राखे यी डाक्टरले दुई हजार भन्दा बढी मानब भ्रुणहरु ?

संसार न्यूज़
११ महिना पहिले
किन थुपारेर राखे यी डाक्टरले दुई हजार भन्दा बढी मानब भ्रुणहरु ?

३० भदौ, अमेरिका । सुन्दा पनि मन काप्ने काम गरेका छन् एक चिकित्सकले । अमेरिकाको इण्डियाना राज्यका एक पूर्व चिकित्सकले यस्तो हरकत गरेर संसारलाई नै अचम्ममा पारेका छन् ।

गर्भपतन सेवा उपलब्ध गराउने उलिन्च क्लोफरको घरबाट झण्डै दुई हजार मानब भ्रुणको अवशेष फेला पारिएको हो । उनले उक्त भ्रुणहरुलाई औषधि राखेर सुरक्षित तरिकाले राखेको पाइएको छ । तर, ती डाक्टर जिउँदा हुँदासम्म यसबारेमा कसैले थाहा पाएन । जब उनको सेप्टेम्बर ३ मा मृत्यु भएपछि बल्ल उनको परिवारले यस्तो कुरा थाहा पाएर प्रहरीलाई खबर गरेको हो ।

वि काउन्टीको सेरिफ कार्यालयले एक विज्ञप्ति जारी गरेर यस्तो घटनामा डा. क्लोपफर संलग्न रहेको जानकारी गराएको हो ।
प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानमा दुई हजार २४६ वटा सुरक्षित भ्रुण भेटिएको जनाएको हो ।

राज्यकै चर्चित गर्भपतन सम्बन्धी राज्यकै चर्चित चिकित्सक मानिएका उनले धेरै वर्षदेखि इन्डियाना काउन्टीका हजारौलाई यस सम्बन्धी सेवा दिएका थिए ।

ती चिकित्सकले गर्भपतन सम्बन्धी सरकारी नियमको पालना नगरेको, अस्पतालमा कर्मचारी नराखेको लगायतका विभिन्न केससहित सन् २०१६ मा इण्डियानाको मेडिकल लाइसेन्सिङ बोर्डले ती चिकित्सकको लाइसेन्स समेत रद्ध गरेको थियो । त्यसपछि उनले गर्भपतन सम्बन्धी सेवा बन्द गरेको साउथ बेन्ड ट्रिब्युन मिडियाले लेखेको छ ।

उनले संकलन गरेर राखेका ती भ्रुणका अवशेष सम्बन्धमा इण्डियनाको जीवनको अधिकार भन्ने एकसंस्थाले चिकित्सकको यस्तो कार्यले सबैलाई त्रसित बनाएको समेत बताएको छ ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…