Sansar News- Nepal's Fast Khabar Online News Portal

भारततर्फ लैजाँदै गरेको मटर बरामद

संसार न्यूज़
८ महिना पहिले
भारततर्फ लैजाँदै गरेको मटर बरामद

३१ भाद्र, सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मल्हनियामा प्रहरीले छापा मारी गएराति पहेँलो मटर (केराउ) बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश बस्नेतको नेतृत्वमा पुगेको टोलीले छापा मारी ठूलो परिमाणमा मटर बरामद गरेको हो ।

स्थानीय ३५ वर्षीय विनोद यादव र ३८ वर्षीय हरिप्रसाद यादवको घरमा प्रहरीले छापा मारी लुकाइराखेको एक हजार ७५० किलो मटर बरामद गरेको सप्तरी प्रहरीले जनाएको छ । विनोदको घरबाट २५ किलोका ३० बोरा र हरिको घरबाट २५ किलोका ४० बोरा मटर बरामद गरी आवश्यक कारवाहीका लागि आज तिलाठी बेल्ही भन्सार कार्यालयमा बुझाइने प्रहरी उपरीक्षक तिलक भारतीले बताए । विनोद र हरि घरबाट फरार रहेकाले पक्राउ पर्न नसकेका बताइएको छ ।

तेस्रो मुलुकबाट आयात गरिएको पहेँलो मटर भन्सार छलेर भारततर्फ लैजान तयारी अवस्थामा राखिएको बेला बरामद गरिएको प्रहरीको भनाइ छ । (रासस)

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…