back

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीे घोषणा

वि.सं.२०७६ भदौ ३१ मंगलवार

123 

shares
NTC AD
Global IME AD

३१ भाद्र, काठमाडौँ । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपका लागि नेपालले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको आज घोषणा गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो चरणमा रहेका २५ खेलाडीमध्ये २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । गोलरक्षक रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ भने छनोटबाट बाहिरिएका छन् ।

छनोट भएका खेलाडीमा गोलरक्षक विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् भने डिफेन्डरमा विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, अलिक रुम्बा र एन्जल महर्जन छन् ।

त्यसैगरी मिडफिल्डरमा शिशिर लेखी, रोशन रानामगर, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, कौशल फुयाँल र नितिन थापा छन् भने स्ट्राइकरमा ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छनोटमा परेका छन् ।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा माल्दिभ्स र भुटान छन् । त्यस्तै अर्को समूहमा बङ्गलादेश, भारत र श्रीलङ्का छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । आगामी असोज ३ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एफिएफ) मैदानमा हुनेछ ।(रासस)

वि.सं.२०७६ भदौ ३१ मंगलवार १५:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...