Sansar News- Nepal's Fast Khabar Online News Portal

दक्षिण एसियाली नेटबल च्याम्पियनसिप हुँदै, ६ वटा देशका खेलाडीहरु सहभागि हुने

संसार न्यूज़
१ महिना पहिले
दक्षिण एसियाली नेटबल च्याम्पियनसिप हुँदै, ६ वटा देशका खेलाडीहरु सहभागि हुने

३१ भदौ, काठमाडौं । नेपाल नेटबल संघको आयोजनामा प्रथम पटक दक्षिण एसियाली यू९१६ नेटवल च्याम्यिनसिप हुने भएको छ ।

आगामी कात्तिक १ गतेदेखि ५ गते सम्म आर्मी फिजिकल तथा स्पोर्ट सेन्टर लगनखेलमा उक्त प्रतियोगिता हुन लागेको नेपाल नेटबल संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि जानाकारी दिएको हो ।

प्रतियोगितामा कुल ६ वटा देशका खेलाडीहरु सहभागि हुने नेपाल नेटवल संघका महासचिव दिपक लामाले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा आयोजक नेपाल, भारत,बंगलादेश,पाकिस्तान, श्रीलंका र मल्दिभ्सको सहभागिता रहनेछ ।

लिगकप नकआउटमा खेलाउने यस खेलमा १० मिनेटको दरले ४० मिनेटको खेल हुनेछ । यस प्रतियोगितामा प्रति टिम १७ जनाको टिम हुनेछ भने १५ जना अम्पायर र अफिसियल हुने लामाले बताए । अन्तराष्ट्रिय अम्पायरमा सिंगापुर, पाकिस्तान, श्रीलंका, भारतवाट दुई, दुई जनाको दरले कुल आठ र बाँकी नेपालवाट पनि दुई जना रहनेछन् ।

उक्त प्रतियोगिताको लागि भदौं २१ गते छनोट प्रक्रिया सुरु गरिएको हो । छनोट प्रक्रियाद्धारा ६८ जनाबाट ३७ जना र ३७ जनाबाट २२ जना छनोट भएका छन् । २२ जनाबाट पनि १२ जनालाई असोज दोस्रो सातावाट बन्दसत्रमा राखिने छ ।

यसअघि स्कुल स्तरिय यू १६, यू २१ र सिनियर गरि विभिन्न स्तरमा नेटवल प्रतियोगिता हुँदै आएको भएपनि दक्षिण एसियाली यू १६ नेटवल प्रतियोगिता भएको भने यो पहिलो पटक हो । उक्त प्रतियोगिता नेपालका खेलाडीहरुलाई अन्तिराष्ट्रिय स्तरमा चिन्ने अवसर पनि भएको आयोजकको दाबी छ । काठमाडौको कुल ३२ वटा विद्यालयमा नेटबल खेलको अभ्यास हुने गरेको आयोजकले बताएको छ ।

कसरी खेलिन्छ नेटवल ?
नेटवल खेल क्यानडावाट सुरु भएको हो । बिस्तारै यसको विस्तार हुँदै एसियन च्याम्पियनसिप, साउथ एसियन च्याम्पियनसिप सम्म आईपुगेको छ । नेटवल गल्र्सहरुले मात्र खेल्ने खेल हो ।

यसको एउटा टिममा १२ जना खेलाडी सहभागि हुनेछन् भने १२ जना मध्ये ७ जना पोजिसन अनुसार खेल्नेछन् जसमा सेन्टर, जिके, गोलस्टार, गोल किपर, डिफेन्स,गोल सुटर गोल याट्याक्करहरुको भूमिकामा रहेर खेल्नेछन् र यिनीहरुको नै मुख्य भूमिका रहनेछ । यस खेलमा सेन्टरले सबैतिर खेल्न पाईने छैन । गोल सुटर र गोल याट्याक्करले मात्र गोल सुट गर्न पाउनेछन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…