Sansar News- Nepal's Fast Khabar Online News Portal

६ बुँदे एजेन्डा लिएर मैदानमा आईन् ‘जुनु गुरुङ’

संसार न्यूज़
३ महिना पहिले
६ बुँदे एजेन्डा लिएर मैदानमा आईन् ‘जुनु गुरुङ’

आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागिरहेको एनआरएनएको नवौ विश्व सम्मेलनमा जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गरेकी छन् । एसिया प्याशिफिक महिला फोरम संयोजक गुरुङ, दक्षिण कोरियामा मात्र नभएर नेपाल तथा बिभिन्न देशहरूमा समेत नेपालीहरुको हक हितको लागि निरन्तर खट्ने बरिष्ठ एंव चर्चित समाजसेवीको रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् । नेपालीहरुको कुनै पनि समस्या देख्ने र सुन्ने बितिकै सेवाको लागि पुगिहाल्ने गुरुङ बिशेष समाजसेवा गरे बापत दक्षिण कोरिया सरकार द्वारा प्रदान गरिने मानार्थ सिटिजन सिपको(मानार्थ नागरिक) उच्च सम्मानले पुरस्कृत हुने पहिलो नेपाली महिला पनि हुन् । महिलाहरूको साझ संस्थाकोको सस्थापक अध्यक्षमा पनि सफल कार्यकाल सम्पन्न गरिसकेकी गुरुङ आदिवासी जनजाति लगायत दर्जनौं सामाजिक संघसस्थाहरूमा समेत क्रियाशील छन् । समाजसेवी, ब्यवसायी एवम् गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) एसिया प्याशिफिक महिला फोरम संयोजकर हाल एनआरएनएको नवौ विश्व सम्मेलन आइसिसीमा महिला फोरम संयोजककी उम्मेदवार जुनु गुरुङ भन्छिन् :
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) एसिया प्याशिफिक महिला फोरम संयोजक भएपछि अहिलेसम्म के के काम गर्नु भयो ?
हामीले एनआरएनए एनसिसी गठन भएका सबै देशमा महिला फोरम गठन गरीसकेका छौँ। साथै हङ्कङ र म्यानमारमा एशिया प्यासिफिक क्षेत्रका महिला कार्यक्रम भब्यताका साथ सम्पन्न भइसकेको छ। म हिजो कुनै पदमै नहुदाँ पनि बिश्व भरि रहनुभएका आदरणीय श्रमिक, ब्यबसायि, बिधार्थी एंव बिभिन्न किसिमले बिश्व भरि रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको समस्याहरूलाई समाधान गर्नका निम्ति सक्रिय थिए, आज पनि छु र भोलि पनि रहनेछु।
एनआरएनएको नवौ विश्व सम्मेलन आइसिसीमा महिला फोरम संयोजकको रूपमा तपाईंको उम्मेदवारी किन ?
सर्बप्रथम त म पनि महिला र ब्यबसायी दुबै भएकोले, म महिला दिदीबहिनीहरुको समस्यासँग धेरै नजिकबाट परिचित छु। अझै सम्म पनि यो पुरूष प्रधान बिश्वले महिलाहरुलाई दोश्रो दर्जाकै नागरिकको रूपमा ब्यबहार गरिराखेको छ। अझै सम्म पनि महिलाको आवाजलाई दबाइएको छ, बैदेशिक रोजगारीको सिलसिलामा होस् या अरू कुनै रूपमा खाडी मुलुकदेखि बिश्वभरि रहनुभएका नेपाली दिदीबहिनीहरू घरेलु हिंंसाको शिकार हुनुपरेको छ, बलात्कृत हुनुपरेको छ र अन्त्यमा कुनै उपाय नलागेर आत्महत्या समेत गर्नु परेको छ । म यी सम्पुर्ण समस्याहरू समाधानको माध्यम बन्न चाहन्छु। ति सम्पुर्ण पिडित दिदीबहिनीहरुको आवाज बन्न चाहन्छु तसर्थ मेरो उम्मेदवारी सम्पुर्ण महिलाहरूको हकहितको आवाज सशक्त रुपमा उठाउनका लागि, महिलाहरूको आर्थिक तथा ब्याबसायिक जिवन बलियो बनाउनको लागी एंव महिलाहरूको स्वास्थ्य र शिक्षाको क्षेत्रमा बिशेष अबसर र अधिकारको सुनिश्चितताको लागि रहेको छ।
तपाईंको एजेन्डाहरू केके छन् ?
म ६ बुँदे एजेन्डा लिएर आएकी छु, जुन निम्न अनुसार छन् :
१) महिलाहरूको स्वास्थ्य र शिक्षाको क्षेत्रमा बिशेष अबसर र अधिकारको सुनिश्चितता एंव एनआरएनए एंव आइसिसीमा महिला नेत्रृत्वको लागि बिशेष पहल गर्ने,
२) मजदुर मैत्री एनआरएनए एंव आइसिसी बनाउन पहल गर्ने,
३) एशिया प्यासिफिक क्षेत्र एबं मिडल ईस्टमा मजदुर तथा महिलाहरूको दर्दनाक समस्या हरूलाई समाधान एंव न्यूनिकरण गर्नको लागि बिशेष पहल गर्ने,
४) विश्वब्यापी महिलाहरुको सञ्जाल विस्तार गरी केन्द्रीय महिला फोरम ले ल्याएको एजेन्डा हरू पुरा गर्न सक्रिय रूपमा पहल कदमी गर्ने।
५) एनआरएनमा सवै वर्गको प्रतिनिधित्वको सुनिश्चितताको लागि पहल कदमी गर्ने,
६) नेपाल सरकारको समृद्ध नेपाल, समृद्ध नेपाली नारालाई साकार बनाउनको लागि बिभिन्न बैदेसिक लगानीलाई नेपाल भित्राउन पुलको काम गर्ने एंव नेपाल भ्रमण बर्ष २०२० लाई सफलताका साथ सम्पन्न गर्नको लागि बिशेष पहल कदमी लिने साथै स्वास्थ्य नै धन हो भन्ने कुरा लाई सिरोपर गरी कठमाडौं को प्रदुषण लाई केहि हद सम्म भए पनि कम गर्नको लागि अन्तर्राष्ट्रिय वातावरण संरक्षण संघ संस्थाहरूसँग सम्वन्वय गरी बिशेष अभियान सञ्चालन गर्ने ।
अन्त्यमा के भन्नुहुन्छ ?
यसपटक मैले हजुरहरुकै सल्लाह, सुझाव एंव आग्रहलाई सिरोपर गर्दै महिला फोरममा उम्मेदवारी दिने तयारी गरेको छु। मैले कुनै लोभले उम्मेदवारी दिएको होइन, म हिजो कुनै पदमै नहुदाँ पनि बिश्व भरि रहनुभएका आदरणीय श्रमिक, ब्यबसायि, बिधार्थी एंव बिभिन्न किसिमले रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको समस्याहरूलाई समाधान गर्नका निम्ति सक्रिय थिए, आज पनि छु र भोलि पनि रहनेछु।
हजुरहरूकै सहयोग र समर्थकले म आज एसियाका धेरै देशहरूमा महिला फोरम गठन गर्न सफल भएकी छु। एनआरएनए भनेको सबैको साझा संस्था भएकोले संस्थालाई गतिशिल र सबैको अपनत्व हुने गरि अगाडि बढाउन र सबै क्षेत्रको प्रतिनिधित्वमा सुनिश्चित गराउनकोलाई मेरो बिशेष पहल कदमी रहनेछ। आजको दिन सम्म आइपुग्दा हजुरहरु सम्पूर्णको साथ र समर्थनले गर्दा एसिया प्याशिफिकका हरेक देशमा महिला फोरम सशक्त र सक्रिय बन्न सफल भएको छ। यसको लागि हजुरहरु सम्पूर्णलाई हार्दिक कृतज्ञता ब्यक्त गर्दै एनआरएनएको नवौ विश्व सम्मेलन आइसिसीमा महिला फोरम संयोजक पदमा मलाई मतदान गरी अत्यधिक बहुमतका साथ बिजयी गराई हजुरहरूको सेबक बन्ने मौका प्रदान गर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछु।
धन्यवाद।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…