Sansar News- Nepal's Fast Khabar Online News Portal

हेटौडादेखिको एउटा पाइन्टसँगै अमेरिकासम्मको जीवन

बसन्त थापा मगर, मेरिल्याण्ड अमेरिका
१ महिना पहिले
हेटौडादेखिको एउटा पाइन्टसँगै अमेरिकासम्मको जीवन

काठमाण्डौबाट हेटौडा आउँदा मेरा एउटा पाइन्ट, एउटा जुत्ता, एउटा सर्ट र एउटा टिसर्ट मात्र थिए । दिनहुँ एउटै पाइन्ट लगाउँथे । शनिवार धुन्थे । आइतबारदेखि शुक्रवारसम्म लगाउँथे । त्यो पाइन्ट च्यातिएपछि अर्को पाइन्ट सिलाएको थिए । यो अभाव र दुःखद स्थिती कहिले बिर्सिन सक्दिन म । यो झुट होइन सत्य हो, यसको साक्षी साथी अहिले अष्ट्रेलियामा छ म अमेरिकामा छु । यो २०४२ देखि २०४४ साल भित्रको कुरो हो । म नेपाल बैकमा काम गर्थे । २०४६ साल बहुदल आएपछि पनि स्थिती जुत्ता र कपडा अझ जाकेट फेरेर होइन त्यही कपडा शनिबार धोएर सुकाएर लगाउनु पर्ने स्थिति थियो ।

बहुदलसंगै क्रमश तलब, सुविधा बढ्यो । पंचायतमा जे दिन्थे त्यही तलब र सुविधा हुन्थे । राम्रो तलब र सुविधा पाउनु पर्छ भन्ने ज्ञान पनि थिएन । संघ–संगठनको कल्पना पनि थिएन । बहुदल आएपछि संगठन गर्न पाइयो । तलब र सुविधा बढाउन कराउन अनि आन्दोलन गर्न पनि पाइयो । आजको जस्तो पेन्सन, तलब र सुविधा त्यही आन्दोलन र सघर्षको उपज हो । यसमा कर्मचारी संगठन, दलहरू र आम जनताको राम्रो हात र साथ छ ।

गाउँ, टोल, शहरमा बाटो, पानी, बिजुली चाहिन्छ भन्ने जनचेतना सून्य थियो । राज्यसँग माग्ने र बोल्ने आवाज पनि धेरै थिएनन् । भाग्य भन्ने जनविस्वास मात्रै थियो । सत्तामा हुनेहरुले पनि त्यो हुनुपर्छ र हामीले गर्नुपर्छ भन्ने चेतना थिएन । राजाहरूकै जय–जयकार र पंचहरूकै डर त्रासमा जनजीवन बित्ने गथ्र्याे । ठुलाबडा र टाठाबाठाले कसरी ठूला घर र सहज जीवन बनाउँथे आम जनतालाइ थाहा थिएन । फलानो जस्तोको भाग्य हुनुपर्छ । फलानोको छोरो जस्तो प्रगति गर्नु पर्छ मात्र भनिन्थ्यो । भाग्यलाइ दोष दिनेलाई थाहै थिएन राज्यले नहेरेको, ठगेको भन्ने । राज्यलाइ कुप्रयोग गरेर भाग्य या बैभव बनाउने रहेछन भन्ने आजको जस्तो प्रस्ट तस्बिर त्यतिबेला थिएन । तलबकै कुरा गर्ने हो भने, तलबले मात्र राजाले दरबार बनाउन सक्दैन थिए । बुलेटप्रुफÞ महँगा कार र गहना जोड्न सक्दैन थिए । सचिब, हाकिमहरूका पनि स्थिति त्यही हो । मन्त्री र सासंद, सभापति र अंचलाधिशहरूको पनि स्थिति त्यही हो । प्रधानपन्च र प्रधानमन्त्रीका पनि स्थिति एउटै हो हिजो पनि आज पनि भाग्य होइन राज्य र पदको दुरूपयोग गरे मात्र केहि बर्षमै महल र कार जोडिने हो । भष्ट्राचार हिजो थिएन आज मात्र हो भन्नु पनि गलत हो । राजा, भारदार र पंचहरूका जमिन, घर र जीवन हेरे पढे यस बारेमा प्रस्ट हुन्छ ।

त्यसबेला आजका नेताहरूलाइ भनेजस्तो राजालाइ कस्ले भन्न सक्थ्यो÷पाउथ्यो ? त्यसबेला आजका जनप्रतिनिधि र कर्मचारीहरूलाइ जस्तो कहा पंच र कर्मचारीहरूलाइ भन्न पाइन्थ्यो र ? जेल र नेलमा परिन्थ्यो । आज स्थिती फेरिएको छ । भाग्यमा होइन राज्य कस्तो मान्छेको हातमा छ भन्ने कुराले जनताको जीवन र देशको अवस्था फरक पर्छ भन्ने जनताले बुझेका छन् । आज हिजोको भन्दा तलब, सुविधा, ज्याला, नाफा सबैको राम्रो छ । जमिनका मूल्य र कोठाका भाडा राम्रो छ । खेतवारीमा दुःख गरे तरकारी र अन्न बेचेर पनि सहज जीवन जीउन सकिन्छ । भन्ने हो भने, मेरी आमा र भाइ बुहारीले तरकारी बेचेरै घर चलाएका थिए त्यतिबेला । उस बेला मेरो र बुबाको तलब त तास खेल्न र होटेलमा साथीभाइहरूसँग रम्न नै ठिक हुन्थे भने बजारका पसलमा झुन्डिएका टिसर्ट र सर्ट किन्दा नै सकिन्थे । त्यसैले न राम्रो घर बनाउन सकियो न त पैसा नै बचत भए न बिहे गर्न र बिरामी हुँदा खर्च गर्ने पैसा बचत भए ।

आजका मानिसलाइ अरूले बनाइसकेको अमेरिकाको जस्तो जीवन चाहिएको छ । बाटो र सुविधा चाहिएको छ । यो राम्रो चाहाना हो तर यो नबिर्सौ यो उनीहरूले नै बनाएको हो । हामी नेपाली सानो काम नगर्ने ठूलो चाहाना राख्नेमा पर्छौ । आम्दानीको काम नगर्ने कसैले दिए हुन्थ्यो झै गर्ने मानसिकताका छौ । विदेशमा गएर हामी जुन काम गर्छौ । आफ्नो देशमा त्यही काम गर्न लाज मान्छौ । अरूले बनाइसकेको देशमा पुगेर देश यस्तो हुनुपर्छ भनेर कराउछौ तर, आफ्नो देश बनाउने काम गर्दैनौ । अरूले बनाउने होइन आफैले बनाउनुपर्छ भन्ने कुरा नेता र जनता सबैले बुझ्नु पर्ने हो । तर, हामी उल्टो सोच्छौ, उल्टो काम गर्छौ । सत्तामा होस् या सडकमा विवाद र विरोध हुने काम गर्छौ तर बिकास हुने काम कम गछौं भने विवाद र अबरोध हुने काम बढी गर्छौ ।

आज घर, सडक बनाउने काम गरे पनि बाइक चढेर, जिन्स लगाएर हिड्न पुग्छ । आज सबैतिर धुले र हिले भए पनि गोरेटो होइन फराकिलो बाटो छ । मनमोहन प्रधानमन्त्री भएपछि न हो मेरो राजधानी नजिकको गाउँमा मोटर गुड्ने बाटो बनेको । पानी पर्दा कार्यालय जाँदा हातमा जुत्ता लिएर गोदावरी जाने मुल सडकसम्म आएको सम्झना अझै हिजो जस्तो लाग्छ । भने जस्तो नहोला, तर उहिलेको भन्दा कता–कता राम्रो छ हाम्रो गाउँ र गाउँले जीवन । काम गरे, राम्रो बाटो हिँडे जीवन सहज छ । कुलतमा लागे गाउँघरमा जन्मिएको मात्र होइन दरबारमा जन्मिए पनि जीवन, परिवार र पहिचान बर्वाद हुन्छ । सम्मान र स्थान दुबै गुम्छ । यो देखिए कै छ । भन्न सरम मान्नु हुँदैन । साँचो बोल्दा हेपिने र सानो ठानिने सोच्नु पनि हुदैन । हामीले धेरै दःुख र अभाव भोगेका थियौ । झन हाम्रा बाजे र बराजुहरूले जीवन कसरी गुजारे होलान् ! आज हामी प्राय सबैका घर र खेतवारी ती नै बाजे र बराजुहरूले जोडेका जमिनमा छन् र हुन् यो कसैले नबिर्सौ । आज ती जमिन आना या हातको लाखौ रूपैया पर्ने बनेका छन् । चार आना या एक रोपनी जमिन बेचे पनि जीवन सुखद बन्छ । बनिरहेको पनि छ ।

आजका मानिसलाइ अरूले बनाइसकेको अमेरिकाको जस्तो जीवन चाहिएको छ । बाटो र सुविधा चाहिएको छ । यो राम्रो चाहाना हो तर यो नबिर्सौ यो उनीहरूले नै बनाएको हो । हामी नेपाली सानो काम नगर्ने ठूलो चाहाना राख्नेमा पर्छौ । आम्दानीको काम नगर्ने कसैले दिए हुन्थ्यो झै गर्ने मानसिकताका छौ । विदेशमा गएर हामी जुन काम गर्छौ । आफ्नो देशमा त्यही काम गर्न लाज मान्छौ । अरूले बनाइसकेको देशमा पुगेर देश यस्तो हुनुपर्छ भनेर कराउछौ तर, आफ्नो देश बनाउने काम गर्दैनौ । अरूले बनाउने होइन आफैले बनाउनुपर्छ भन्ने कुरा नेता र जनता सबैले बुझ्नु पर्ने हो । तर, हामी उल्टो सोच्छौ, उल्टो काम गर्छौ । सत्तामा होस् या सडकमा विवाद र विरोध हुने काम गर्छौ तर बिकास हुने काम कम गछौं भने विवाद र अबरोध हुने काम बढी गर्छौ ।

आजको अवस्था हामी अर्थात बहुदल, प्रजातन्त्र ल्याउन लड्ने नेता, दल, जनता, पेशाकर्मी सबैको देनको उपज हो । हो पक्कै हामीले भनेजस्तो भइरहेको छैन । बनाउनु पर्छ । यसको लागी समय र श्रम अनि इमान र जीवन चाहिन्छ । राज्य र जिम्मेवारीमा रहनेहरूमा यसको कमि देखिनु राम्रो होइन । झन् आजका युवाहरूमा असन्तष्टी मात्र भेटिन्छ ! यो पक्कै हो अभाव र असन्तृष्टीबाट नै बैभव र सम्वृदि आउने हो त्यसको लागी हरेक मानव, समाज र राज्य सभ्य हुनुपर्छ । सम्वेदनशिल र सहनशिल बन्नु पर्छ । इमान्दार, अनुशासित र परिश्रमी बन्नु पर्छ । सम्मान दिने र स्थान लिन खोज्ने हुनुपर्छ । नेतृत्व, राज्य र नागरिक आ–आफ्नो जिÞम्मेवारी लिने र निर्वाह गर्ने खाले हुनुपर्छ । मात्र यसको अभाव देखिएको छ । सबै सच्चिने र लागि पर्ने समय आज बनेको छ ।

आजको तलब, ज्याला, नाफा, मूल्य र सुविधा बन्नुमा हामी सबैको देन छ । यसलाइ सम्मान गर्नैपर्छ । हिजो गरेको भन्दैमा नमरेसम्म दल, राज्य, समाज, घर, परिवारको नेतृत्व लिइ रहनुपर्छ भन्ने छैन । घर, परिवार, समाज, राज्य र राष्ट्रका नयाँ अनि उमेर पुगेका युवाहरूलाइ जिम्मेवारी र मौका दिनुपर्छ । थाकेको, पाको र रोगी उमेरलाइ पद र सम्पतिको के काम त्यो त बोझ मात्र हो ।

अब घर, परिवार, समाज, राज्य, दल र जनमा युवालाइ स्थान दिनुपर्छ । अशक्त शरीर र उमेरलाइ महल र सम्पति जतिसुकै भए पनि त्यसको औचित्य रहदैन । उमेर र स्वस्थ रहदै राज्य, दल र घरको जिम्मेवारी दिने, बाढ्ने चलन चलाऔ । यसको उदाहरण र अग्रणि बनौ अनि मात्र रफ्तारमा बिकास र निकासका काम हुन्छ । हामी जस्तै उमेर पुगेकाहरूलाइ पेन्सन र आराम दिनुपर्छ । उमेर र स्वस्थ रहदै हरेक पेशाबाट आराम लिने र जिम्मेवारी दिने गरौं र बाँकी समय लेखन, भ्रमण, हेर बिचार, भेटघाटमा लगाऔ । थाकेरै किन मर्ने ? यो पक्कै हो, आजको जीवन बन्नुमा हाम्रा पुर्खा र बाबु आमाको देन सबैले सम्झनु पर्छ । राज्य र नागरिक एक भएर रहनु पर्छ । चाहे जस्तो परिवर्तन र परिणाम ल्याउन कटिबद्ध बन्नु पर्छ । आखिर यसरी नै घर, परिवार, समाज र राज्य बनेको हो । यसरी नै बनाउने हो । कतै हामी घर, परिवार, समाज, राज्य र देश नै नभन्ने र नगन्ने स्थितिमा त पुगेका होइनौ यो सोचनिय विषय छ । यदि यस्तो सोचको विकास हामीमा भएको हो भने, हाम्रा अगाडी बिनास छ बिकास होइन । हामी सबै सचेत र सच्चिने अवस्था बनेको छ । नकरात्मक मानसिकता फेरिनु पर्छ ।

जहाजमा मात्रै होइन मधेश पहाडका कुनै पनि स्थानमा बिरोधी देख्यो कि आक्रोशित हुने, अबरोध गर्ने, हुलहुज्जत गर्ने काम कसैले गर्नु हँुदैन । शक्ति र सत्तामा रहनेहरूले जहाज, विकास, निकास र कुनै पनि कार्यक्रम ढिला गर्नु हुदैन । अनि लेख्ने, बोल्ने, देखाउने प्लेटफÞर्म र समर्थक छन् भन्दैमा कानुन हातमा लिन, आफै न्यायाधिश बन्न र अनुसन्धानकर्ता बन्न खोज्नु हुदैन । नागरिक हु भन्दैमा । जनता हु भन्दैमा अभद्र व्यवहार कतै कसैमाथी पनि गरिनु हुदैन । अधिकारको दुरूपयोग सत्तामा हुनेले त गर्नै हुदैन झन बाहिर बसेर नेताहरुलाई खबरदारी गर्ने जनताले त हुँदै हुँदैन । हिजोका सबै कुरा र बुढा सबै बेठिक हो भन्ने मानसिकता पनि युवाले बनाउनु हुँदैन । एउटा पक्ष र एउटा पिडीले मात्र परिवर्तन र सम्वृदि सम्भव हुदैन । यसरी समाज र राज्य चल्दैन । यो सबैले बुझ्न जरुरी हुन्छ । सबैको स्थान र सम्मान सबैतिर रहनु पर्छ । जीवन, समाज, राज्य, बिकास र निकासको पाटो र बाटो नै सबैको लगनशिलता र सहभागिता हो । सबैको स्थान र सम्मान हो । सबैको सुविधा र सुरक्षा हो । भाग्य जस्तो राज्य विभेदि र फरक हुनु जायज मानिदैन ।

मन्त्रीका कारण जहाज ढिलो उड्यो कि शाहीका कारण ?

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…