Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाली चेली चीन पठाउने बिबिरानीको यस्तो धन्दा

संसार न्यूज़
८ महिना पहिले
नेपाली चेली चीन पठाउने बिबिरानीको यस्तो धन्दा

१ असोज, काठमाण्डौं । एकातिर काठमाण्डौंमा चिनियाँ यौनकर्मी महिलाको बढोत्तरी, अर्कातिर नेपाली युवतीलाई विवाह गरेर लैजानेहरुको बाक्लो हिँडडुल । यसक्रममा तीनसाता अघि नेपाली युवतीलाई चीन पठाउने गिरोह त नियन्त्रणमा आयो । तर, चिनियाँ युवतीलाई काठमाण्डौं ल्याएर यौन व्यवसायमा संलग्न गराउने गिरोह भने अहिलेसम्म पहुँचबाहिर छ ।

बरु, नेपाली चेली चीन पठाउने धन्दाको भित्रिपाटोको खुलासा भने हुन थालेको बुधबारको जनआस्था सास्ताहिकले लेखेको छ ।

चिनियाँ पतिको निधनपछि सिन्धुपाल्चोक, थानपालकी रिना तामाङ (बिबिरानी) का लागि ग्वाङझाहो–काठमाण्डौं यात्रा पानी पधेरोझै हुन थाल्यो । उनको काम नै हो, नेपाली युवती चाहने चिनियाँ पुरुषको खोजी, काठमाण्डौं हुँदा चीन पठाइदिने युवतीको व्यवस्थापन । एउटा ब्वाइफ्रेन्ड बनाइन, नुवाकोट, ककनीका रोज तामाङलाई । पत्नी जापानमा छन् । यता हेर्दा, ठ्याक्कै चिनियाँ झै देखिने बिबिरानीसँग उनको पत्नीवत् सम्बन्ध मात्र कायम भएन, बिबिरानीले चाहिएको बेला पैसा पनि दिन्थिन् । अनि काम लगाउँथिन् केही कानुनी कागजात बनाउने । ल क्याम्पसको पूर्वस्वीयू सभापति समेत रहेका अधिवक्ता बसन्त बस्नेतले हुने÷मिल्ने सम्मका कानुनी कागजात तयार पारिदिथे ।

यसबापत बसन्तले आफ्नो शुल्क लिन्थे । रोजले चाँहि विबिरानीबाट आर्थिक र शारिरीक दुवै सुविधा लिन्थे । तर, यसो गर्दागर्दै भदौ ११ गते त्रिुभुवन अन्तराष्ट्रिय विमानस्थलमा समातिए र बल्ल थाहा पाए यो त, गर्नै नहुने काम रहेछ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…