Sansar News- Nepal's Fast Khabar Online News Portal

त्यस्ता काम कहिल्यै नगर्नुहोस्, जुन काममा तपाईको मन जाँदैन

संसार न्यूज़
१२ महिना पहिले
त्यस्ता काम कहिल्यै नगर्नुहोस्, जुन काममा तपाईको मन जाँदैन

जिन्दगी परिवर्तन भइरहने हुनाले तपाईमा पनि परिवर्तन आवस्यक छ । यदि तपाई कुनै काम अब गर्दिन भन्नेमा पुग्नुहुन्छ भने त्यो काम छाडिदिनुहोस्, भलै यस्तो गर्न केही समय लाग्ला तर, तपाईको जिन्दगीमा त्यो हुनेछ जुन काम तपाई गर्न चाहानुहुन्छ । यस्तो जिन्दगी बाँच्नु पाउनुहुन्छ जुन तपाई बाँच्न चाहानुहुन्थ्यो । त्यसकारण कहिल्यै पनि त्यो काम नर्गनुहोस्, जुन काम तपाईल गर्न चाहानु हुँदैन ।

१-एकै समयमा एउटै मात्र काम गर्नुहोस् । यसले तपाईलाई राम्रो परिणाम मिल्ने र तपाईलाई खुसी पनि बनाउँदछ । यसले तपाईलाई कम दुखी बनाउँछ । त्यसले जिन्दगीलाई अझै राम्रोसँग अगाडि बढाउन सक्नुुहुन्छ ।

२-हरेक आइतबार एक हप्ताको लागि कामको योजना बनाउनुहोस् । त्यस समय आफ्नो पूरा हप्ताको योजनाको बारेमा लेख्नुहोस् । त्यहि लिस्ट हेरेर प्रत्येक दिन त्यहि अनुसार कामको तयारी गर्नुहोस् ।

३-यस्तो गर्नाले तपाईले आफ्नो काम अझै राम्रोसँग गर्नसक्नुहुन्छ र विना कुनै टेन्सन आरामका साथ गर्नसक्नुहुन्छ ।

४- सबै खाने कुराको किनमेल हस्तामा १ पटक मात्रै गर्नुहोस् । यसले तपाई आफ्नो टाइम, इनर्जी र पैसा बचत गर्न सक्नुहुन्छ ।

५- जब तपाई कुनै समस्या या पीडामा पर्नुहुन्छ, त्यतिबेला आराम सँग बस्नुहोस् । दुई मिनेट सम्म लामो लामो गरी सास फेर्नुहोस् । त्यतिबेला जुन हवा तपाईको शरीर बाहिर र भित्र गरिरहेको हुन्छ केवल त्यसमा मात्र ध्यान दिनुहोस् । यसले तपाईको दिमागलाई पूरा आराम दिन्छ । यसलाई मेडिटेशनको सानो हिस्सा पनि मानिन्छ ।

६-तपाईले सुरु गरेको काम समयमा सक्ने कोशिष गर्नुहोस् । तपाईले जुन काम गर्नुभएको त्यसमा सय प्रतिशत दिने कोशिष गर्नुहोस् ।

७- दिनमा सबै चिजहरुको एकपटक चेक गर्नुहोस् । अनलाईन, ट्विटर, फेसबुक, दिनमा एकपटक मात्र चेक गर्नुहोस् । त्यो काम आफ्नो काम सकेर मात्र गर्नुहोस् । यदि जरुरी छ भने कुनै पनि सयममा चेक गर्न सक्नुहुन्छ । त्यसैले सामाजिक संजालहरुमा व्यवस्त रहेर समय बेकार खेर फाल्नुभन्दा आफ्नो काम पूरा गर्नमा लाग्नुहोस् ।

८-दिनहुँ कुनै न कुनै एक राम्रो काम गर्ने कोशिषमा लाग्नुहोस् । जसकारण तपाईको मन अझै हल्का बनोस् । यसले तपाईभित्र एक पोजेटिभ इनर्जि आइरहन्छ । जसका कारण तपाईको पूरै दिन रमाइलोसँग बित्नेछ ।

९–जुन चिज तपाई एकवर्षदेखि प्रयोग गर्नुभएको छैन त्यस्तो चिजलाई घरमा नराख्नुहोस् । जे कुरा तपाईसँग छ त्यसैमा खुसी रहेर अगाडि बढ्ने कोशिष गर्नुहोस् । तपाई आफैलाई सोध्नुहोस् ‘के गएको वर्ष मैले ती चिजहरुको प्रयोग गरेको थिए ?’ ती चिजहरु कोही आफन्त या साथीहरुलाई दिनुहोस् ।

१०-दिनहुँ आफैसँग एक साधारण प्रश्ह्न सोध्नुहोस् । जस्तै तत्काल कुन कुरा बढी महत्वपूर्ण छ जुन मैले गर्नुपर्ने छ र गर्न सक्छु अनि त्यस्तो कुन कदम आफूले आज चाल्नुपर्नेछ । जसका कारण तपाईको जिन्दगी अझ राम्रो हुन्छ ।

११- तपाईले प्रयोग गर्ने कुराहरु जे छ ति आफ्नै ठाउँमा राख्नुहोस् । यदि सबै कुरा आ–आफ्नै ठाउँमा छन् भने तपाईलाई कामगर्न सजिलो हुन्छ अनि त्यसलाई खोज्नका लागि समय खर्च गर्नुपर्ने छैन ।

१२ -ति चिजहरु सस्क्राइब नगर्नुहोस्, जुन तपाईलाई मन पर्दैन । अनि ती मान्छेहरुलाई फलो पनि नगर्नुहोस् जसलाई तपाई मन पराउनु हुँदैन । ती मानिसहरु सँग जोडिरहँदा तपाईको समय त्यत्तिकै खेर गइरहेको हुने र तपाईलाई काम गर्न मन नलाग्ने पनि हुनसक्छ ।

१३-इमेलमा कम शब्दको सन्देश पठाउनुहोस् । यदि तपाईले कम शब्दहरु लेख्ने बानी गर्नु भयो भने, ठूला–ठूला काम छोटो इमेलमा बयान गर्न सक्नहुन्छ । एउटा कुराको याद राख्नुहोस्, यदि तपाई आफ्नो विजनेशका बारेमा एकपेजमै लेख्न सक्नु भयो भने तपाईको विजनेश राम्रो हुन्छ ।

१४- अनुमान लगाउनु भन्दा पहिलो सोध्नुहोस् ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…