Sansar News- Nepal's Fast Khabar Online News Portal

नयाँ पुस्ता उद्योगमा आउनै चाहँदैनन्

संसार न्यूज़
८ महिना पहिले
नयाँ पुस्ता उद्योगमा आउनै चाहँदैनन्

२ असोज, काठमाण्डौ । दुई तिहाईको स्थिर सरकार बनेको डेढ वर्ष नाघिसक्दा पनि मुलुकमा लगानिको उचित वातावरण बन्न नसकेको उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् ।
सरकारले बेलैमा बुद्धि नपुर्याए मुलुकको अर्थतन्त्रं गम्भीर दुर्घटनामा पर्न सक्ने चेतावनीसमेत उनिहरुलेि दिएका छन् । उत्पादनमुलक क्षेत्रमा लगानी नथँपिदा मुलुकको व्यापार घाटासमेत अत्याधिक बढ्दै गएको पुर्वअध्यक्षसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान बताँउछन् । व्यापारघाटा कम गर्ने कुनै प्रभावकारी कदम सरकारले चाल्न नसकेको उनको भनाइ थियो ।
गत आर्थिक वर्ष १३ खर्व २० अर्बभन्दा बढी व्यापार घाटा भएको थियो मुलुकलाई । व्यापार घाटाको अंक हरेका वर्ष बढदै गइरहेको छ । नयाँ उद्योग थपिनेभन्दा बन्द हुने क्रम बढ्दो छ । ‘‘स्थिर सरकार बनेपछि मुलुकमा लगानी थपिन्छ । लगानीको वातावरण बन्छ भन्ने आशामा बसेका थियौं हामी’’ पैधानले भने, ’’तर, र्दुभाग्य इतिहासकै सबैभन्दा शत्तिशाली सरकार बन्दा पनि लगानी गर्ने आँट कसैले गर्न सकेका छैनन् । स्वदेशी लगानीकर्ता नै अन्योलमा रहेका वेला वैदेशिक लगानी आउने सम्भावना नरहेको प्रधानको भनाई छ । बिहिबारको कारोबार दैनिकबाट ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…