Sansar News- Nepal's Fast Khabar Online News Portal

जथाभावी राजनीतिकरणको परिणाम

भिम उपाध्याय
१ महिना पहिले
जथाभावी राजनीतिकरणको परिणाम

कर्मचारी खराब भन्दै विगतमा राजनीति भयो, कर्मचारीलाई पनि राजनीतिमा होमियो । पुलिसलाई राजनीतिकरण गरियो, राजनीतिलाई एनजिओकरण गरियो, एनजिओलाई राजनीतिक आर्थिक श्रोताधार बनाईयो । राजनीतिकर्मी ठेकेदार बने, ठेकेदार राजनीतिमा लागे । दलीय ट्रेड युनियनमार्फत मजदूर वर्ग राजनीतिकृत भए । पेशागत संगठन–प्राध्यापक, ईन्जिनियर, चिकित्सक, वकिल र पत्रकार सबै राजनीति गर्दै दलीय प्यानल बनाउदै चुनाव लडे, कोही संगठनमा, कोही सांसद मन्त्री राजनीतिक पदमा ।

विद्यार्थी कालमा राजनीति गरेका वा पेशाबाट राजनीतिक पक्षपोषण गरेका राजनीतिमा सक्रियहरू अदालतका न्यायाधीशमा हुलिदै गए । यी सबका सब राजनीति गर्न थाले । पेशागत नैतिकता र न्युट्रालिटी सखाप हुदै गरेर मुलुकमा एड्सरोग लाग्न पुगेको छ । रोग प्रतिरोधक क्षमता सून्य भएको छ । जे गरे पनि सन्चो नहुने रोगले गाँजेको छ । यसरी सरकार रन्थनिएर अव्यावहारिक, अपाच्य, संस्कतिअमैत्री, समाज व्यवस्था बिखण्डिकरण गर्ने कडाकडा कानुन पास गर्दैछ । यसरी आफ्नै पासोमा आफू र सोझा जनतालाई झनझन् फसाउदै छ ।
आज जे छौं यो हिजोको हाम्रा कुकर्मको नतिजा हो, लरोतरो ओखति र शल्यक्रियाले निदान हुन सक्ने अवस्था हैन । मुलुकको सुगर र प्रेशर असंतुलीत हुन पुगेकोले अलि कडा औषधी चलायो भने रोगी नै मर्न सक्छ । रोगीको यो हालत देखेर ‘अत’ हरू हौसिएका देखिन्छन्, फट्यांग्राले लात हान्ने आँट गरेको देखिन्छ ।

पहिले पहिले संस्कृति, संस्कार, नैतिकता, लोकलाज, धर्म, पुण्यपाप, कानुनको पालनाले समाज स्थीर र अपराध नियन्त्रण हुदै गएकोमा अहिले यी पनि ध्वस्त भएका छन् ।

राजनीति र सरकारबाट जनताको कडी टुटेको छ । जनताले चुनावमा जिताए पनि जित्नेप्रति जनताको विश्वास हराईरहेको छ । सरकार र जनता प्रतिद्वन्द्धी जस्ता देखिदै आएको छ । सरकार जनपीडक वर्ग हो, शोषक हुन् भन्ने भावना सर्वसाधारणमा बलवान् हुदै गएको छ ।

नेताको क्रेडिबिलिटी पनि खत्तम छ । सुशासनका निम्ति संबैधानिक अंगहरू सुतेका जस्ता छन्, सायद ती राजनीतिकै छाया हुन्, त्यहाँ सुधार गर्न सरकारको अधिकार क्षेत्रमा पर्दैन । पुलिस, प्रशासन निरीहहरूलाई समातेर आफ्ना उपलव्धि देखाउन मै रमेका देखिन्छन्, ती त सोसल मिडियामा लेखेको, शेयर गरेको, पार्कमा युगल जोडी प्रेमालाप गर्दा, होटल–होटेल क्लबमा नाच्नेहरूलाई समातेर ब्लेकमेल गर्दैमा फुर्सत पाएका हुन्नन् । समबेदना र मानवता कुन चराको नाम हो, पुलिस र प्रशासनलाई मतलब छैन ।

कार्य र क्रियाबीचको सुस्पष्ट सम्बन्धको नमूना हाम्रो मुलुक नै हुनसक्छ । कुन चोरले कुन चोरलाई समाउदै सुशासन देला भनेरै जनता दिउसो तारा गनिरहेका छन् ।

 उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…