Sansar News- Nepal's Fast Khabar Online News Portal

बाढीपहिरोका कारण २०० भन्दा बढी घर क्षति

संसार न्यूज़
८ महिना पहिले
बाढीपहिरोका कारण २०० भन्दा बढी घर क्षति

२ अशोज, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनयता लगातार परेको पानीका कारण ठूलो क्षति पुगेको छ । गाउँपालिकाअन्तर्गत वडा नं १ को भारतीथर, २ को डाँडागाउँ, ३ कोे पाउँदुर, ६ को लुम्लेका साथै वडा नं १०, ११ लगायतका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति बनाएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिए ।

लगातारको बाढीका कारण फूल खेल्दै गरेको धानमा समेत ठूलो नोक्सान पु¥याएको जानकारी दिँदै उनले गाउँपालिका क्षेत्रभित्रका झण्डै २०० भन्दा बढी घरमा क्षति पुगेपछि कतिपय स्थानीयवासी घर नै छाड्न बाध्य बनेको बताए । उनका अनुसार घरहरूमा रु दुई करोडभन्दा बढीको भौतिक क्षति भएको छ ।

बाढीपीडित सर्वसाधारणलाई गाउँपालिकाबाट गर्न सकिने सहयोगमा कमी नहुने बताउँदै अध्यक्ष कुँवरले राहत, उद्धार तथा सहयोगका लागि सबैसँग आह्वान गरेका छन् । वर्षात्को समयमा पानी नपरेका कारण अधिकांश खेत बाँझिएका अवस्थामा आएको बेमौसमी पानीले फुल्दै गरेको धानमा क्षति पु¥याएपछि कृषक थप चिन्तित बनेका छन् । (रासस)

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…